Dabali News

  • Ad

‘अनलाइन मिडियाका कारण सूचनाको पहुँचमा वृद्धि’

ICT1

७ साउन

काठमाडौं ।

नेपाली कांग्रेसका नेता एवं सांसद डा. रामशरण महतले सोसल मिडियाले सूचनाको पहुँच बढाएको बताएका छन् । साथै दुरपयोग गर्नेलाई नियमन गर्ने संयन्त्र बलियो बनाउनु पर्ने बताए ।

अनलाइन मिडियाले समेत संचार प्रविधिलाई सही सदुपयोग गर्न नसकेको नेता महतले दाबी गरे । उनले राजधानीको अनामनगरस्थित संवाद डबलीमा आईसीटी पत्रकार विकास मञ्चले ‘बंैकिङ क्षेत्रमा बढ्दो साइबर थ्रेट तथा साइबर सुरक्षाको अवस्था’ विषयक अन्तर्राक्रियामा सो कुरा बताएका छन् ।

राजनीतिक अस्थिरताकै कारण देशभित्र सुरक्षा व्यवस्थालाई समेत असर पुग्नेगरी सामाजिक सञ्जालको उपयोग भइरहेको चिन्ता व्यक्त गर्दै नेता महतले सूचनाप्रविधिको दुरपयोग अनुसन्धान तथा रोक्ने सरकारी संयन्त्र कमजोर हुन नदिन सरकारले ठोस योजना ल्याउनुपर्ने बताए ।

साथै उनले साइबर अपराधीहरुले नगद लाभ लिने दृष्टिले बैंकिङ क्षेत्रलाई बढी निसाना बनाएको भन्दै सबै पक्ष सजग हुनुपर्नेमा जोड दिए । अनलाइन मिडियाले सूचनाको पहुँच बढाएको उनको धारणा छ ।

कार्यक्रममा सांसद रामेश्वर फुयाँलले सुचना प्रविधिको विकाससँगै दुरपयोग बढेको भन्दै चिन्ता समेत व्यक्त गरे । पछिल्लो समयमा बैंकिङ क्षेत्रमा साइबर, सूचनाको माध्यमबाट अपराध हुने गरेको बताउँदै यसलाई रोक्न सबै पक्ष लाग्नुपर्ने बताए ।

ICT5

त्यस्तै नेपाल दूरसंचार प्राधिकरणका अध्यक्ष दिगम्बर झाले देशमा सूचना प्रविधिको विकास तीव्र गतिमा भइरहेको बताउँदै आइटी संचालन सम्बन्धी कानून चाँडै ल्याउनुपर्ने बताए । ‘धेरै पछाडि शुरु भएपनि हामीकहाँ विकास दु्रत गतिका भएको छ । नियमनकारी निकायलाई बलियो बनाउनु आवश्यक छ’ झाले भने ।

प्रेस काउन्सि नेपालका अध्यक्ष बोर्णबहादुर कार्कीले सामाजिक सञ्जालको प्रयोगले समाजमा फाइदा र बेफाइदा दुवै हुने गरेको बताए । अनलाइन संचारलाई व्यवस्थित काउन्सिलले ठोस रुपमा आचारसंहिता ल्याएको बताउँदै दुरपयोग नियन्त्रणसम्बन्धी संयन्त्रलाई पनि बलियो बनाउनुपर्ने बताए । आइटीको प्रयोगलाई कसैले रोक्न र नियन्त्रण गर्न नसक्ने भन्दै अध्यक्ष कार्कीले उपयोग विधिलाई व्यवस्थित र मर्यादित बनाउनुपर्नेमा जोड दिए ।

ICT3

त्यस्तै प्राध्यापक इन्जिनियर तिमिला यमीले सुचना प्रविधिलाई गाविस, वडासम्म पुर्याउनुपर्ने बताइन् । साइबर अपराध नहुने देश कहीँ नभएको भन्दै यमीले कानून र यसको कायान्वयन संयन्त्र बलियो बनाएर सर्वसाधारणको पहुँचमा इन्टरनेट जस्ता सुचनप्रविधिलाई सहज प्रयोगको विषय बनाउनुपर्नेमा जोड दिइन् ।

वरिष्ठ पत्रकार प्रेम कैदीले साइबर अपराधलाई अनलाइन संचारलाई मात्र दोष नदेखाउन सबै पक्षसँग आग्रह गरे । सरकारले गर्ने धेरै काम अनलाइन संचार क्षेत्रले गरिरहेको बताए ।

त्यस्तै ग्रिन सिटी अस्पतालका अध्यक्ष एलबी टण्डनले विश्वमा साइबर तथा इन्टरनेट विकास र उपयोगले तीव्रता भएको बताए । सूचनाप्रविधिको उपयोगमा सबैले जोड दिएमा दुरपयोग गर्नेहरु निरुत्साहित हुँदै जाने बताए । सबैको सकारात्मक प्रयोग र सहयोगबाट साइबर थ्रेट र अपराधलाई नियन्त्रण गर्न सकिने अध्यक्ष टण्डनको भनाई छ ।

कार्यक्रममा आईसीटी पत्रकार विकास मञ्चका संस्थापक अध्यक्ष भरतराज उप्रेती, महासचिव मुकुन्द ढुंगानाले साइबर अपराधले गलत बाटो अपनाउने सक्ने ओल्याउँदै सूचनाप्रविधि प्रयोगकर्ताको सुरक्षाप्रति समेत सरकार जिम्मेवार हुन आग्रह गरे । अनलाइन संचारमाध्यमकै कारण साइबर अपराधको घटनालाई छिटो पाठक र नियमनकारीसम्म पुर्याउन सफल भइरहेको बताए ।
कार्यक्रममा दस जनाभन्दा व्यक्तित्व सम्मानित भएका छन् ।

एनसेलबाट कर असुल्न सरकारलाई निर्देशन, संचारमन्त्रीदेखि प्राधिकरणका अध्यक्षसम्म मुछिए

ram karki-dibangar jha

काठमाडौं ।  एनसेलसँग कर असुलीप्रति अानाकानी गरिरहेकाे सरकारलाई तीन महिनाभित्र सबै कर असुल गर्न सार्वजनिक लेखा समितिले अर्थ मन्त्रालयलाई निर्देशन दिएको छ । समितिकाे अाइतबार बसेकाे बैठकले दूरसञ्चार सेवाप्रदायक एनसेलको सेयर खरिद बिक्रीमा लाग्ने पूँजीगत लाभकर कार्ययोजना बनाई आगामी तीन महिनाभित्र गत...

अब मोबाइलबाटै राहदानी फाराम भर्न सकिने

mobile

काठमाडौं । परराष्ट्र मन्त्रालय अन्तर्गतको राहदानी विभागले मंगलबारदेखि मोबाइल एप्सबाटै राहदानीका लागि आवेदन लिन थालेको छ । विभागबाहेक विदेशस्थित सात नेपाली दूतावास तथा दुई महावाणिज्य दूतावासबाट निवेदन लिन थालिएको हो । विभागले तयार पारेको नेपाल पासपोर्ट नामको एप्स डाउनलोड गरी त्यहाँ गरेको...

वर्ल्ड लिंकले ल्यायो इन्टरनेटमा ६ गुणा डाटा, ५० प्रतिशत छुट

world-link

काठमाडौं । वर्ल्डलिंक कम्युनिकेसन्सले अंग्रेजी नयाँ बर्ष २०१७ को अवसरमा इन्टरनेट जडान गर्ने ग्राहकलाई ६ गुणासम्म थप डाटा उपलब्ध गराउने अफर ल्याएको छ । यस अफरमा ग्राहकले निःशुल्क जडान सुविधा पाउनुको साथै निःशुल्क राउटर उपलब्ध गराउने कम्पनीले जनाएको छ । कम्पनीले टिभी...

१ लाख ७० हजार आइफोनमा टेलिकमको फोरजी सेवा चल्ने

ntc-iphone

काठमाडौं । नेपाल टेलिकमको फोरजी (चौथो पुस्ताको मोबाइल) सेवा आइफोनका सबै सेटहरुमा नचल्ने भएको छ । विश्वभरको चर्चित स्मार्टफोनमा फोरजी सेवाले काम नगर्ने भएपछि आइफोनका प्रयोगकर्ता निरास हुनु पर्दैन् । टेलिकमका सहप्रवक्ता शोभन अधिकारीले आफूहरु समस्या समाधानको लागि पहल गरिरहेको बताए ।...