Dabali News

  • Ad

माछा आकाशमा कसरी पुग्छ र खस्छ ?

fish1

२४ असार

काठमाडौं ।

तपाईँ हामीले अाकाशबाट माछा खसेर सडक, एयरपाेर्टहरु जाम भएका कुरा त सुनेका छाैँ तर माछा अाकाशमा कसरी जान्छन् वा काहाँबाट माछा अाकाशमा जान्छन र खस्छन् भन्ने कुराकाे जानकारी नभएकाे हुन सक्छ ।
समाचार माध्यमहरुमा माछाले सडक नै जाम गरेकाे र सुरक्षाकर्मीले माछा फालिरहेकाे देख्ने गरेका छाैँ । कतिपयले त भगवानकाे लिला भन्ने गरेका पनि सुनिन्छ । त्याे कुनै भगवानकाे खेल नभएर प्राकृतिक प्रक्रिया अन्तरगत हाे भन्ने बुझ्न जरुरी छ । त्यसकाे लागि समाचार एजेन्सीले तयार गरेकाे याे सामाग्री पढ्न अावश्यक छ।
हावाको चाप कम भएको स्थानमा बढी चाप भएको क्षेत्रबाट तीब्र गतिले हावा बहन्छ । तीब्र गतिले हावा बढ्दै जाँदा दायाँ बायाँ र अगाडिबाट आईरहेको त्यस्तै शक्तिशाली हावासँग ठोकिएर फर्कन खोज्छ । यसरी बिपरीत दिशाबाट आएका हावाले जोडसँग धकेल्दा उक्त ठाउँमा भुमरी पर्छ । हिंडडुल गर्दा मैदान वा बाटोमा यस्तो भुमरी देख्छौं ।
भुमरी पर्दा जमिनको धुलो, कपडा तथा कागजका टुक्रा, रुखका पात निकै माथिसम्म पुग्छन् । हावाको बेग जब कम हुन्छ तब ती सबै बिस्तारै जमिनमा खस्छन् । ठ्लठ्ला भुुमरी पर्दा अक्सर आँधी बेहेरी चली धुलो उड्ने, मेघ गर्जने, र सिमसिम पानी पर्ने हुन्छ । त्यसैबेला कहीं कतै आकाशबाट माछा बर्सेको हामीले सुनेको वा देखेका छौं ।

भुमरी समुद्र, ठूला ताल र पोखरीहरुमा पनि पर्छ । अति शक्तिशाली त्यो भुमरीले पानीको माथिल्लो भाग छोएपछि पानीको सतह घुम्छ र घुमाइको शक्ति भित्री पिंधमा ठोकिएर भुमरी जोडले हुतिएर माथिसम्म आउँछ ।

त्यसबेला भुमरीले माछा, भ्यागुता, स–साना कीराहरु लिएर आएको हुन्छ । त्यसलाई हावाले उडाएर आकाशसम्म पु¥याउँछ । अनि भुमरीको शक्ति कम भएपछि माछा लगाएत कीराहरु जमिनमा खस्छन् ।

यस्ता छन् महिलासँग भुलेर पनि सोध्न नहुने ६ कुराहरु !

bajopan

महिला र पुरुषबीचको सम्बन्ध सदियौं देखि बहस र विवादको केन्द्रमा छ । महिलाले पुरुषलाई नबुझ्ने र पुरुषले महिलालाई नबुझ्ने गुनासो नयाँ कुरा होइन । तर महिलासँग राम्रो सम्बन्ध राख्नका लागि उनीहरुसँग केही प्रश्न सोध्नै नहुने विज्ञहरुले बताएका छन् । १. के म...

महिलालाई यसरी बनाइन्छ पुरुष (भिडियाे हेर्नुहाेस्) 

sex-change

काठमाडाैँ । विज्ञानकाे विकाससँगै महिलालाई पुरुष र पुरुषलाई महिला बनाइन्छ अर्थात लिंग परिवर्तन । याे कुरा तपाईँ हामीले समाचारमात्र सुनकाे छाैँ । महिला भएर जन्केका र अाफ्नाे पुरुष बन्ने धेरैकाे चाहना पूरा भएकाे छ । त्यसैगरी पुरुष भएर जन्मेका तर महिला बन्ने...

एक पुरुषबाट दुई हप्तामा निस्कने वीर्य विश्वभरका महिलालाई गर्भवती बनाउन पुग्छ !

women

सम्भाेगका बारेमा सबैलाई जानकारी भएपनि यस भित्र लुकेका कुरा भने जानकारी नहुन सक्छ । महिला र पुरूषकाे प्रजनन क्षमता र अवस्थाबारे एक अध्ययनले नयाँ तथ्य सार्वजनिक गरेकाे छ । १. एक जना पुरुषबाट दुई हप्तामा निस्कने वीर्य विश्वभरका प्रजनन योग्य महिलालाई गर्भवती बनाउन पुग्छ ।...

साङ्लालाई तेजपत्ता र ल्वाङले यसरी भगाउनुहाेस् 

cockroach_pnp

काठमाडौँ । तपाईँको घरमा साङ्ला परेको छ भने कुनै ठूलो झन्झट गर्नु पर्दैन । न त औषधि नै किन्नु पर्छ । हाम्रै वरिपरि पाइने तेजपत्ता र ल्वाङले सजिलै साङ्लाबाट मुक्ति पाउन सकिन्छ । तेजपत्ता तेजपत्ताको गन्धसँग साङ्लाहरु भाग्ने गर्छ । त्यसैले केही...