Dabali News

Ad

‘निर्देशकले जबरर्जस्त ‘सेक्स सीन’ गर्न लगाएपछि रुँदै फिल्म छाडेकी हुँ’

काठमाडौँ ।

बलिउड अभिनेत्री चित्रांगदा सिंहले फिल्म ‘बाबुमोशाय बन्दुकबाज’ एक्कासी छाडेपछि विभिन्न चर्चा परिचर्चा भए । सिंहले निर्देशकले जबरर्जस्त सेक्स सिन दिनभनेपछि आफूले फिल्म छोडेको बताएर चर्चामा आएकी छन् ।

समाचार एजेन्सीहरुका अनुसार अभिनेत्री सिंहले “सुटिङकै क्रममा मलाई जबरर्जस्त सेक्स सीन गर्न लगाइयो । त्यसैले छाडेकी हुँ” भनिन् ।

समाचारमा जनाइएअनुसार ‘बाबुमोशाय बन्दुकबाज’ को एक सीनमा नवाजुद्दीन सिद्दीकी र चित्रांगदाको बेडसीन थियो । उक्त सीन शुटमा चित्रांगदा हैरान भइन् ।

तैपनि फिल्मका निर्देशक कुशन नन्दीलाई भने पटक्कै चित्त बुझिरहेका थिएन । निर्देशकले बेडसीनका लागि आफूलाई पटक–पटक टेक लिएको समेत उनले बताएकी छन् । उक्त सीन शुटबारे चित्रांगदाले भनिन्, “निर्देशकले नवाजलाई म माथि चढाएर टाङमुनि स्पर्श गर्दै सेक्स गर्न लगाए ।”
बलिउडको एक वेबसाइटसँग कुरा गर्दै चित्रांगदा सिंहले भनिन्, “त्यो समयमा मैले पेटीकोटमात्र लगाएकी थिएँ । जबरर्जस्त गर्न थालेपछि मैले उसलाई ‘यो के गरेको ? प्लिज अति भयो भन्दै मैले पेटीकोट सम्हाल्ने प्रयास गरेँ । तर, निर्देशकले मलाई सुटिङ क्रियु मेम्बरका अगाडि यो के भनेको भन्दै उल्टै थर्काए । त्यसपछि मैले रुँदै फिल्म छाडेकी हुँ ।”

Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]