Dabali News

Ad

सिन्धुपाल्चोकका भूकम्पपीडितलाई निःशूल्क स्वास्थ्य शिविर

३ माघ ।

ललितपुर ।

लायन्स क्लव अफ अन्तर्राष्ट्रिय डिस्ट्रिक ३२५ ए २ अन्र्तगतका क्लवहरु र ललितपुरस्थित अल्का अस्पतालको संयुक्त आयोजनामा ५ सय जनाको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ ।

भूकम्पबाट सवैभन्दा बढी प्रभावित दलित समुदायको बाहुल्यता रहेको जिल्ला सिन्धुपाल्चोकको ठूलो सिरुवारीका प्रभावित मध्ये ३ सय २५ परिवारलाई न्यानो कपडा बितरण गरिएको थियो ।

भुकम्पपीडितहरु चिसोबाट बिरामी पर्न थालेको समाचार सुनेपछि सामाजिक उत्तरदायित्व अन्र्तगत अल्का अस्पतालसँग सहकार्य गरेर निःशुल्क शिविरका साथै न्यानो कपडा बितरण गरिएको लायन्सका डिस्ट्रिक गर्भनर रुद्रहरि ज्ञवालीले बताए ।

शिविरमा जनरल फिजिसियन, स्त्रीरोग विशेषज्ञ, हाडजोर्नी तथा नशारोग विशेषज्ञ चिकित्सकसहित स्वास्थ्यकर्मीको टोलीले स्वास्थ्य परीक्षणका साथै निःशुल्क रुपमा औषधि वितरण गरेको बताइएको छ ।

Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम बिगत ३ बर्षदेखि निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
onlinedabali@gmail.com
dabalinews@gmail.com