Dabali News

Ad

६६ लाख मूल्य बराबरको दमकल डेढ वर्षदेखि थन्कियो ।

३ माघ ।

भक्तपुर ।

स्थानीय विकास मन्त्रालय र मध्यपुरथिमि नगरपालिकाको संयुक्त लगानीमा ६६ लाख मूल्य तिरेर किनेको दमकल डेढ वर्षदेखि थन्किएको छ ।

स्थानीय विकास मन्त्रालयले दमकल सञ्चालन गर्न कर्मचारीको दरबन्दी नपठाएको भन्दै नगरपालिकाले ल्याएको उक्त दमकल कोरिया–नेपाल मैत्री अस्पतालको आगनमा थन्क्याएर राखिएको छ ।

दमकल सञ्चालन गर्न कम्तीमा १० जना कर्मचारी आवश्यक पर्ने नगरपालिकाले बताएको छ । आफैंले कर्मचारी राख्न सक्ने अवस्था नभएकाले दमकल थन्क्याएर राख्नुपरेको नगरपालिकाका कार्यकारी अधिकृत भूपेन्द्र सापकोटाले बताए ।

Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम बिगत ३ बर्षदेखि निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
onlinedabali@gmail.com
dabalinews@gmail.com