Dabali News

Ad

रुपेन्दहीमा एक वर्षमा ४ लाख आँखा रोगीको उपचार

३ माघ ।

रूपन्देही ।

नेपाल नेत्रज्योति संघ लुम्बिनी नेत्र बिज्ञान अध्यन संस्थानले एक बर्षमा ४ लाख आँखाका रोगीको उपचार गरेको छ ।

नेपाल नेत्र ज्योति संघले पाल्पा लायन्स आँखा अस्पतालको आयोजनामा आयोजितत अर्धबार्षिक समिक्षा गोष्ठीमा उक्त तथ्यांक सार्वजनिक गरेको हो । आँखा अस्पतालका ब्यवस्थापक आमोद सिंहले दुई भिन्न संस्थाबाट आँखा उपचार भइरहेको बताए ।

उनका अनुसार लुम्बिनी आँखा अस्पताल र हिमालय आँखा अस्पतालबाट ४०हजार ९१ जनाको आँखाको सल्याक्रिया तथा अन्य ४ लाख १२ हजारको आखाको उपचार गरिएको छ ।

संघका पश्चिमाञ्चल संयोजक सागरप्रताप राणाले उपचार मात्रै नभई जनशक्ति उत्पादनमा पनि विभिन्न कार्यक्रम सञ्चालन गरेको बताएका छन् । लुम्बिनी र हिमालयन गरि ३ सय ५६ जना सक्षम जनसशक्ति क्रियाशील रहेको बताएका छन् ।

कार्यक्रम गुल्मी, अर्घाखाँची, पाल्पा, प्युठान, कपिलबस्तु, नवलपरासी र रुपन्देहीका सेवामा आबद्ध अभियानकर्मीको सहभागि रहेको ब्यस्थापक कुमार सिंहले बताए ।

Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम बिगत ३ बर्षदेखि निरन्तर चलिरहेको छ ।
हमैले खासगरी खोजमुलक समाचारलाइ स्थान दिने गरेका छौ । सबैका सन्तुलित बिचार हाम्रो अनलाइनको प्रकाशन प्राथमिकतामा पर्छ ।

Dabali Media Pvt. Ltd.
Nanamnagar Kathmandu
Phone
01-4771244
Email
onlinedabali@gmail.com
dabalinews@gmail.com

Ad