Dabali News

Ad

पशुमा देखिने एन्थ्रेक्स मानिसमा सर्ने खतरा

परीक्षणका लागि विशेषज्ञ टोली पाल्पा पठाइयो

३ माघ ।

पाल्पा ।

केही समयदेखि पाल्पाका विभिन्न स्थानमा पशुमा देखिएको एनथ्रेक्स रोग मानिसमा फैलिने खतरा देखिएको छ । यो रोगबाट मानिसको समेत ज्याने लिन सक्ने भन्दै विशेषज्ञसहितको टोली पठाउने भएको छ ।

यो रोग लागेका पशु भटाभट मर्न थालेपछि मान्छेमा सर्न सक्ने भन्दै विशेष टोली पठाइने भएको हो । यो रोगको संक्रमण मानिसमा सरेपछि उपचारको संभावना न्युन रहेकाले बेलैमा होसियारी अपनाउनु पर्ने इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको
छ ।
महाशाखाका निर्देशक डा. बाबुराम मरासिनीका अनुसार पशु मर्ने क्रम बढेकाले यस विषयमा अध्ययन गरी नियन्त्रण गर्न विशेष टोली पठाउन लागिएको हो । साउनदेखि पशुमा यो रोग देखिएको रहेछ, पछिल्लो समय पशु मर्ने क्रम बढेपछि संभावित खतरा रोक्न हामी लागिपरेको मरासिनीले बताए ।

एन्थ्रेक्स रोगका जिवाणु पशुबाट मानिसमा सर्छ । पशुजन्य उत्पादन (दुध, दही मासुलगायत) र पशुसँग किसानको घुलमिलका कारण रोग सर्ने संभावना बढी हुने डा. मरासिनीले बताए ।

एन्थ्रेक्सले मानिसको छातिमा संक्रमण गरे छातिको इन्फेक्सनदेखि निमोनियासम्म हुन सक्ने, उच्च ज्वरो आउने, पेटभित्र भए रगत बान्ता, डाइरिया हुने र छालामा भए डरलाग्दो खटिरा देखिने उनले बताए ।

रोग मानिसमा सरे मृत्युदर बढी हुने भनाई उनको छ । पशुमा यो रोग देखिएका क्षेत्रका मानिस बिरामी परे जतिसक्दो चाँडो नजिकको स्वास्थ्य केन्द्र पुग्न उनले सल्लाह दिएका छन् । यो रोगबाट बिरामी परेका पशुबाट जोगिन पनि महाशाखाले सर्वसाधरणलाई अनुरोध गरेको छ ।

Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम बिगत ३ बर्षदेखि निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
onlinedabali@gmail.com
dabalinews@gmail.com