Dabali News

Ad

अश्लील भिडियो हेर्नुहुन्छ भने मस्तिष्क खुम्चिएला है

काठमाडौं ।

सूचना सञ्चार तथा प्रविधिको विकासले अश्लीलता पनि बढाएको छ । विशेषगरी सहर बजारको युव युवतीहरु कम्प्युटर तथा मोवाइलबाट पोर्नोग्राफी अर्थात अश्लील फोटो तथा भिडियो हेर्नेको संख्या बढिरहेको तथ्याङ्कहरुले देखाएको छ ।

अश्लील फोटो तथा भिडियो हेर्नेहरुको मस्तिष्क खुम्चिने पहिलो पटक एक अध्ययनले देखाएको छ । अश्लील चित्र तथा भिडियो हेर्ने बानी र त्यसले पार्ने सम्भावित असरबारे अनुसन्धानकर्ताहरुले पत्ता लगाएका हुन् । अधिक समय पोर्नोग्राफी हेर्ने मानिसको मस्तिष्क जन्मैदेखि विशेष प्रकारको हुने पनि अनुसन्धानकर्ताको भनाइ छ ।

समाचार एजेन्सीहरुका अनुसार बर्लिनको म्याक्स प्लाङक इन्सिच्युटका मुख्य अनुसन्धानकर्ता डा. सिमोन कुनले अश्लिलता र मष्तिष्कको आकार घट्ने विषयबीचको सम्बन्धबारे पत्ता लगाएका हुन् । यद्यपि यसको आधिकारिक पुष्टि अहिलेसम्म भइसकेको छैन ।

अर्कोतिर अधिकारवादीहरुले अमेरिकामा गम्भीर रुपमा ‘पोर्नोग्राफी महामारी’ फैंलिरहेको भन्दै यसलाई धूर्मपान, मध्यपान तथा ड्राइभिङजस्तै रुपमा व्यवहार गरी नियन्त्रण गर्नुपर्ने बताएका छन् ।

मोरालिटी इन मेडिया संस्थाका कार्यकारी निर्देशक डन हकिङ्सले अन्य प्रमुख स्वास्थ्य समस्याजस्तै पोर्नोग्राफीसंग पनि सामना गर्नुपर्ने बताए । उनले पोर्नोग्राफीले मानसिक रुपमा क्षति पु¥याइरहेको पनि बताएका छन् ।

अमेरिकामा अश्लिल भिडियो तथा चित्र राख्ने पोर्न साइटमा अमाजोन, ट्वीटर तथा नेटफ्लिक्स गरी तीनवटामा जति संयुक्त भिजिटरभन्दा बढी भिजिटर हुने गर्छन् । इन्टरनेटमा अहिले ४२ लाख पोर्न वेबसाइट छन् ।

च्यारिटी युनिभर्सिटीकी डा. सिमोन कुनले आफ्नी सहकर्मी जुर्गेन गालियान्टसँग मिलेर २१ देखि ४५ वर्षबीचका ६४ जना स्वस्थ मानिससँग उनीहरुको अश्लिल भिडियो तथा चित्र हेर्ने बानीका बारेमा प्रश्न सोधेका थिए । अनुसन्धानकर्ताले ती मानिसको मष्तिष्कको नाप पनि लिएका थिए ।

Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

समाचार सम्पादकः सागर लामा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]