आज :

इराकमा सरकार विरोधी प्रदर्शनमा झडप, ८ जनाको मृत्यु

काठमाडौं । इराकमा जारी प्रदर्शनको क्रममा भएको झडपमा परी कम्तीमा ८ जना प्रदर्शनकारीको मृत्यु भएको छ ।

गएका केही दिन यतादेखि विपक्षीहरुले विरोध प्रदर्शन जारी राखेका छन् । उनीहरुले सरकारले करिब दुई हप्ताअघि पेट्रोलको मूल्यवृद्धिको घोषणा गरेपछि विरोध प्रदर्शन शुरु गरेका हुन् ।

विरोध प्रदर्शनका क्रममा कैयौँ प्रदर्शनकारीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । विरोध प्रदर्शनको क्रममा केही प्रदर्शनकारीको मृत्यु भएको छ भने अरु केही पक्राउ परेका छन् ।

यसैबीच, इरानले पेट्रोलियम पदार्थमा पनि मूल्य बृद्धि गरेको छ । इरानी राष्ट्रपति हसन रौहानीले इरानका बहुसंख्यक जनता आर्थिक दबाबमा रहेको जनाउँदै पेट्रोलियम पदार्थको मूल्यवृद्धिबाट संकलन हुने रकम जनतालाई नै वितरण गरिने जानकारी दिएका थिए ।

सरकारले गतवर्षको डिसेम्बरमा नै पेट्रोलमा मूल्यवृद्धि गर्ने जनाएको थियो । तर पनि निर्णयको सर्वसाधरणले विरोध गरेका कारण संसदले उक्त प्रस्तावलाई अस्वीकृत गरेको थियो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal