Dabali News

  • Ad

देशलाई समृद्ध बनाउन पर्यटन विकास आवश्यक–मन्त्री पोखरेल

३ माघ ।

भक्तपुर ।

संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री आनन्दप्रसाद पोखरेलले मुलुकलाई समृद्ध बनाउन पर्यटन विकास आवश्यक रहेको बताएका छन् ।

भक्तपुरको अनन्तलिङ्गेश्वर संरक्षण तथा विकास समितिले आयोजना गरेको सम्मान कार्यक्रममा मन्त्री पोखरेलले घरवास
(होमस्टे) पर्यटनको गाउँ गाउँमा विस्तार गर्नुपर्ने बताए ।

‘यहाँको जङ्गल र प्राकृतिक सौन्दर्यलाई कायम राखेर यसलाई आयश्रोतको रुपमा विकास गर्नुपर्छ, यो क्षेत्रमा पनि होमस्टे पर्यटनको विकास गर्नुपर्छ’ मन्त्री पोखरेलले भने ।
उनले मन्त्रालयमार्फत सरकारले मन्दिरको विकासका लागि  एक करोड बजेट विनियोजन गरेको जानकारी दिए ।

अमेरिकामा फेरि अर्काे गोली काण्ड, पाँचको मृत्यु

America gun

काठमाडाैँ । पटकपटक गाेली काण्ड हुँने गरेकाे संयुक्त राज्य अमेरिकामा फेरि अर्काे गोली काण्ड भएको छ । हतियार राख्न पाउँन अधिकारकाे दुरुपयाेग गर्दै पटकपटक यस्ता घटना हुँदै अाएका छन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार पेन्सिलभानियाको एक निजी निवासमा अज्ञात व्यक्तिले बुधबार राति अबेरतिर...

सिन्धुपाल्चोकका भूकम्पपीडितलाई निःशूल्क स्वास्थ्य शिविर

ललितपुर । लायन्स क्लव अफ अन्तर्राष्ट्रिय डिस्ट्रिक ३२५ ए २ अन्र्तगतका क्लवहरु र ललितपुरस्थित अल्का अस्पतालको संयुक्त आयोजनामा ५ सय जनाको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ । भूकम्पबाट सवैभन्दा बढी प्रभावित दलित समुदायको बाहुल्यता रहेको जिल्ला सिन्धुपाल्चोकको ठूलो सिरुवारीका प्रभावित मध्ये ३...

६६ लाख मूल्य बराबरको दमकल डेढ वर्षदेखि थन्कियो ।

भक्तपुर । स्थानीय विकास मन्त्रालय र मध्यपुरथिमि नगरपालिकाको संयुक्त लगानीमा ६६ लाख मूल्य तिरेर किनेको दमकल डेढ वर्षदेखि थन्किएको छ । स्थानीय विकास मन्त्रालयले दमकल सञ्चालन गर्न कर्मचारीको दरबन्दी नपठाएको भन्दै नगरपालिकाले ल्याएको उक्त दमकल कोरिया–नेपाल मैत्री अस्पतालको आगनमा थन्क्याएर राखिएको छ...