आज :

ललितपुर बारमा क्रान्तिकारी, प्रगतिशील र लोकतान्त्रिकबीच कडा प्रतिस्पर्धा (फोटो फिचरसहित)

ललितपुर । ललितपुर बार एशोसिएशनमा नयाँ कार्यसमितिको लागि चुनाव भइरहेको छ । शनिबार अर्थात आज भइरहेको चुनावमा क्रान्तिकारी, प्रगतिशील र लोकतान्त्रिक कानून व्यवसायी समूहरु मैदानमा उत्रेका छन् ।  ७ सय १० मतदाता रहेको ललितपुर शाखामा क्रान्तिकारी,प्रगतिशील कानून व्यवसायी संगठनको तर्फबाट अधिवक्ता राजु अधिकारी चुनावी प्रतिस्पर्धामा उत्रेका छन् । सो संगठनमा अधिवक्ता त्रय चुडाबहादुर निरौला‘दिवश’ कान्तिराम ढुङ्गाना र चिरञ्जिवी ढकाल पार्सदमा निर्विरोध चुनिएका छन् ।

त्यसैगरी सत्तासिन (नेकपा) निकट गणतान्त्रिक, प्रगतिशील, पेशागत तथा समावेशी कानून व्यवशायीको तर्फबाट अधिवक्ता अर्जुन महर्जनको नेतृत्वमा चुनावी मैदानमा उत्रेको छ ।

नेपाली काँग्रेस निकट लोकतान्त्रिक कानून व्यवसायीहरु अधिवक्ता प्रल्हाद कुमार महतको नेतृत्वमा प्रतिस्पर्धामा उत्रेका छन् । विहानैबाट सुरु भएको मतदान प्रक्रिया बेलुका चार बजेसम्म चल्लने बताइएको छ । सत्तासिन प्रगतिशील समूहको प्यानलमा नवोदित युवा कानून व्यवसायी बिरेन्द्र खड्का र नविन केसीसहित अटाएको समावेसी प्यानल रहेको सो समूहले दावी गरेको छ ।

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal