आज :

अनेरास्ववियूका ‘बलात्कारी’ नेता राई जेल चलान

काठमाडौं । सत्तारुढ (नेकपा) को विद्यार्थी संगठनका नेता जेल चलान भएका छन् । अनेरास्ववियूका केन्द्रीय सदस्य तथा पूर्वएमालेका नेता इन्द्रहाङ राई पुर्पक्षका लागि जेल चलान भएका हुन् ।

काठमाडौं जिल्ला अदालतले विद्यार्थी नेतासमेत रहेका उनलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेशसँगै राईलाई जेल चलान गरिएको हो । उनले आफ्नै साथीकी बहिनीलाई जबरजस्ती करणी गरेका थिए । प्रहरीले गिरफ्तार गरेर मुद्दालाई अगाडि बढाएको थियो ।
जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले राईविरुद्ध जवरजस्ती करणी गरेको अभियोगमा १० वर्ष कैद सजाय मागदाबी गर्दै बुधबार काठमाडौं जिल्ला

अदालतमा मुद्दा दायर गरेको थियो । न्यायाधीश विनोदकुमार पोखरेलको इजलाशले बिहीबार राईलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश जारी गरेको हो ।
रत्नराज्यलक्ष्मी क्याम्पसका स्ववियु सहसचिव समेत रहेका राईले तिहारको बेला साथीकी बिहीनीलाई भैली खेल्न बोलाएर बलात्कार गरेका थिए । पीडित युवतीको उजुरीको आधारमा प्रहरीले राईलाई गिरफ्तार गरेको थियो ।

बद्नाम गरेको र अनैतिक कार्य गरेको भन्दै संगठनले राईलाई संगठनले यसअघि निष्काशन गरिसकेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal