आज :

पत्रकार घिमिरे पुनः गिरफ्तार, चौतर्फी विरोध

पोखरा । पत्रकार राजकुमार घिमिरेलाई प्रहरीले पुनः गिरफ्तार गरेको छ । पोखरा उच्च अदालतले शुक्रबार रिहा गर्न आदेश दिएको तर प्रहरीले अदालतकै गेटबाट पुनः गिरफ्तार गरेको हो ।

संचारकेन्द्र डटकमका पोखरा संवाददाता घिमिरेलाई समाचार संकलनको क्रममा प्रहरीले पोखरा मातपोत कार्यालय नजिकबाट गिरफ्तार गरेको थियो । प्रहरीले बिना कारण गिरफ्तार गरेर घिमिरेलाई गैरन्यायीक रुपमा बन्दी बनाइएको भन्दै आफन्तले दायर गरेको रिटमाथि सुनुवाई गर्दै उच्च अदालतले रिहा गर्न आदेश दिएको थियो ।

अहिले पत्रकार घिमिरेलाई वडा प्रहरी कार्यालय रामबजार चौकी राखिएको छ ।

नेपाल पत्रकार महासंघलगायत विभिन्न संघ संस्थाहरुले दुःख दिने उद्देश्यले पत्रकार घिमिरेलाई गिरफ्तार गरिएको भन्दै आत्तिजनाउँदै आएका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal