आज :

अखिल क्रान्तिकारीका अध्यक्ष विष्टसहित चारजना विद्यार्थी सर्वोच्चको गेटबाट पुनः गिरफ्तार

काठमाडौँ । अखिल क्रान्तिकारीका काठमाडाँै अध्यक्ष गोविन्द विष्टसहित चारजनालाई प्रहरीले सर्वोच्च अदालतको गेटबाटै पुनः गिरफ्तार गरेको छ । कालापानीलाई भारतले आफ्नो नक्सामा राखेको विरोधमा आयोजना गरिएको कार्यक्रमबाट विष्टसहित दुईदर्जन विद्यार्थीलाई गिरफ्तार गरेको थियो ।

प्रहरीले गिरफ्तार गरी बन्दी गैरन्यायीक रुपमा बन्दी बनाएको भन्दै कमल विष्टले दायर गरेको रिटमाथि सुनुवाई गर्दै सर्वोच्च अदालतले शुक्रबार रिहा गर्न आदेश दिएको थियो । तर, सर्वोच्चको आदेशलाई लत्याउँदै प्रहरीले विष्ट र अर्को विद्यार्थी नेता प्रभात भट्टराई पुनः गिरफ्तार गरेको हो । सर्वोच्च अदालतको गेटमा पुगेका निराजन बडुवालसहित दुईजना विद्यार्थीलाई पनि प्रहरीले गिरफ्तार गरेको छ ।

प्रहरीले अदालतको आदेशविरुद्ध कुटपिट गर्दै पुनः गिरफ्तार गरेको भन्दै अखिल क्रान्तिकारीले आपत्ति जनाएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal