आज :

पैसा लिएर एजेन्ट फरार, १४ जना युवा अलपत्र

बुटवल । वैदेशिक रोजगारीका लागि दुबई पठाई दिने भन्दै १४ जना युवासँग लाखौं रुपैयाँ र पासपोर्ट संकलन गरेर काठमाडौंबाट एक एजेन्ट फरार भएका छन् ।

काठमाडौंको गैरीधारामा रहेको भेरी एण्ड कर्णाली इन्टरनेशनलको एजेन्ट बताउने प्युठान स्थायी ठेगाना भएका सुरेशमान राजभण्डारी १४ जनाको रकम र पासपोर्ट लिएर सम्पर्कविहीन भएका हुन् ।

उनले सोही कम्पनीबाट १४ जना युवालाई दुबईको राम्रो कम्पनीमा जागिरका लागि पठाई दिने भन्दै ६ लाख ६० हजार रुपैयाँ लिएको पीडितको भनाइ छ ।

जेठ महिनामा पैसा र पासपोर्ट बुझाएका युवाहरु अहिले राजभण्डारी फरार भएपछि अलपत्र परेका हुन् । उनले ठगी गरेको भन्दै काठमाडौं महानगरीय प्रहरी वृत्त महाराजगञ्ज र जिल्ला प्रशासन कार्यालय काठमाडौंमा निवेदन दिइएको ठगिने मध्येका एक अर्घाखाँचीको शितगंगा गाउँपालिका, ढाकावाङ्गका २२ वर्षिय मिलन भुषालले बताएका छन् ।

उनका अनुसार कार्तिक २९ गते महाराजगञ्ज प्रहरी र मंसिर ३ गते जिल्ला प्रशासन कार्यालय काठमाडौंमा निवेदन दिएका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal