Dabali News

फेरि ट्रिपर आक्रमणः सोल्टीमोडमा १८ वर्षीया किशोरीको ज्यान लियो

३० असार

काठमाडौं । नागरिकको ज्यान लिने क्रम नरोकिएपछि गृहमन्त्रालयले काठमाडौं उपत्यकामा बिहान ५ बजेदेखि राति ७ बजेसम्म ट्रिपर चलाउन रोक लगाए पनि आजै शनिबार दिउँसो काठमाडौंको सोल्टीमोडमा एक १८ वर्षीया किशोरीको ज्यान लिएको छ ।

मोटरसाइकल पछाडि बसेकी किशोरी अनुजा घिमिरेको घटनास्थलमै मृत्यु भएको हो । मोटरसाइकल चालक अनुजाका दाई अनुज घिमिरे भने सामान्य घाइते भएका छन् ।

दाजुबहिनी सवार बा ९६ प ४९११ नम्बरको मोटर साईकललाई ना ७ ख ९४७५ नम्बरको ट्रिपरले अपरान्ह पौने २ बजेतिर पछाडिबाट ठक्कर दिएको थियो ।

मृतक किशोरीको टाउको फुटेको छ भने अनुहारमा गम्भीर चोट लागेको बताइएको छ । ट्रिपरको ठक्करबाट अनुजाको मृत्यु भएको पुष्टि महानगरीय प्रहरी वृत कालिमाटीका प्रमुख डिएसपी प्रदिप क्षेत्रीले गरेका छन् ।

ट्रिपर चालक राजकुमार तामाङ प्रहरीको नियन्त्रण लिएको भने मोटरसाईकल चालक अनुजको अवस्था सामान्य रहेको डिएसपी प्रदिप क्षेत्रीले बताए । हप्ता दिनभित्रै उपत्यकामा ट्रिपरले अनुजासहित तीनजनको ज्यान लिइसकेको छ ।

ट्रिपरमा ढुंगा लोड थियो । ट्रिपरको ठक्करबाट केही दिनअघि मात्र मोटरसाइकलमा सवार कोटेश्वरको जडिबुटी चोकैमा भक्तपुर सल्लाघारीका रोयल सुवेदीको ज्यान गएको थियो ।

सुवेदी सवार मोटरसाइकलका चालक अमन ढुंगेलको खुटट्टा भाँचिएर गम्भीर घाइते भएका थिए । त्यसको दुईपछि नै ट्रिपरले नै जडिबुटीमा अर्को मोटरसाइकललाई ठक्कर दिई एकजना पुरुष चालकको ज्यान लिएको थियो ।

फाईल तस्बीर

 

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]