Dabali News

आजै पूर्वस्वास्थ्य राज्यमन्त्री आलमको अन्त्येष्टि गरिने

३० असार

रौतहट । नेपाल कम्युनिस्ट पार्टीका नेता तथा पूर्वस्वास्थ्य राज्यमन्त्री मोहम्मद मुस्ताक आलमको आज अन्त्येष्टि गरिने भएको छ ।

काठमाडौंको बाँसबारीस्थित शहिद गंगालाल राष्ट्रिय हृदय रोग अस्पतालमा उपचारको क्रममा हिजो साँझ निधन भएका ५३ वर्षिय आलमको शव आज गृह जिल्ला रौतहट पुर्याएर अन्त्येष्टि गरिने भएको हो ।

रौतहट लगिनुअघि उनको शव श्रद्धाञ्जलीका लागि बिहान ८ बजेदेखि १० बजेसम्म पार्टी कार्यालय धुम्बाराहीमा राखिएको थियो ।
प्रधानमन्त्री केपी शर्मा ओली, नेकपाका अध्यक्ष पुष्पकमल दाहाल लगायतका नेताहरुले पार्टी कार्यालयमा पुगेर आलमप्रति श्रद्धाञ्जली अर्पण गर्दै पार्टीको झन्डा ओढाएका थिए । उनलाई बिहीबार गृहजिल्ला रौतहट गएका बेला हृदयाघात भएको थियो ।

त्यसलगत्तै उपचार गर्न बाँसबारीस्थित गंगालाल अस्पतालमा ल्याइएको थियो । केपी शर्मा ओली नेतृत्वको अघिल्लो सरकारमा २०७२ कात्तिकदेखि २०७३ साउनसम्म आलम स्वास्थ्य राज्यमन्त्री बनेका थिए ।

त्यसबेला उनी विजयकुमार गच्छदार नेतृत्वको तत्कालीन मधेशी जनअधिकार फोरम लोकतान्त्रिकमा थिए । गत मंसिरमा भएको संघीय संसदको निर्वाचनमा भने आलम नेकपामा प्रवेश गरेका हुन । उनी रौतहट क्षेत्र नं.२ बाट वाम गठबन्धनबाट चुनाव लडे पनि पराजित भएका थिए ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]