Dabali News

अमेरिकी गायकसँगको सम्बन्धबारे प्रियंकाको प्रतिक्रिया

३० असार

काठमाडौं । अमेरिकी गायक निक जोनससँग अभिनेत्री प्रियंका चोपडाको अफेयरले बलिउडमा चर्चा भइरहेको छ ।

हलिउडमा फिल्म खेल्न गएकी प्रियंकाको त्यहाँ निकसँग भेट भएको र त्यहीबाट यी दुईबीच अफेयर सुरु भएको थियो ।

हलिउडबाट सुरु भएको अफेयर बलिउड अर्थात प्रियंकाको घरसम्मै पुगेको छ । भारतीय सञ्चारमाध्यमका अनुसार निकले प्रियंकासँगै मुम्बई आएर उनको परिवारसँग भेट गरिसकेका छन् ।

त्यस्तै प्रियंकासँग गोवा लगायत ठाउँ घुमेका छन् । यसबाट बलिउडमा दुबैको अफेयर उत्कर्षमा पुगेको टिप्पणी भइरहेका छन् । आफू र निकबीचको सम्बन्धबारे व्यापक चर्चा भएपछि प्रियंकाले मुख खोलेकी छिन् । आफ्नो एक अन्तर्वार्तामा उनले भनेकी छिन्, ‘हामी एक अर्कालाई चिन्ने र बुझ्ने कोसिस गरिरहेका छौं । मेरो विचारमा यो निकका लागि पनि एक राम्रो अनुभव हुनेछ ।’

गोवा भ्रमण र आकाश अम्बानीको इन्गेजमेन्टमासँगै देखिएको प्रसंगबारे प्रतिक्रिया दिँदै उनले यो समय सुन्दर रहेको र निकलाई पनि रमाइलो लागेको बताइन् । ‘कुनै पनि रिलेसनशिपमा आफ्नो पार्टनरसँग यात्रा गर्नु सजिलो छैन, तर मेरो लागि वार्षिक रुटिन जस्तै हो । मेरो त पुरै जीवन यात्रामै छ । म हरेक दोस्रो हप्तामा घुम्ने योजना बनाउँछु । कहिले साथीसँग त कहिले परिवारसँग, मेरा लागि यो सामान्य कुरा हो,’ उनले प्रष्ट पारिन ।

समाचारअनुसार प्रियंकाले यसपटक आफ्ना जन्मदिन न्युयोर्कमा निकसँग मनाउने योजना बनाएकी छिन् ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]