Dabali News

पूर्वप्रधानमन्त्री शरिफ पक्राउ, नयाँ राजनीतिक उतारचढाव आउन सक्ने अनुमान

३० असार

काठमाडौं । पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज सरिफ पक्राउ परेका छन् ।

शुक्रबार पाकिस्तानको पेसावरस्थित विमानस्थलमा ओर्लिएलगत्तै उनलाई पक्राउ गरिएको हो ।

पूर्वप्रधानमन्त्री सरिफले पनि आफूलाई सेनाले पक्राउ गर्न सक्ने बताएका थिए । उनलाई हालै मात्र त्यहाँको एक अदालतले १० वर्ष जेल सजायको फैसला सुनाएको थियो ।

इस्लामावादमा रहेको एक अदालतले केही समयअघि उनलाई १० वर्ष कारावासको फैसला गरेको हो । सो फैसलाको समयमा लन्डनमा रहेका सरिफलाई हिजो स्वदेश फर्किएलगत्तै निणन्त्रणमा लिइएको छ ।

उनलाई यसरी पक्राउ गरिएपछि त्यहाँको राजनीतिमा भने नयाँ उतार चढाव आएको छ । पाकिस्तानमा यही जुलाई २५ मा संसदको निर्वाचन हुन लागेको छ । सो निर्वाचनको प्रचार प्रसार अभियान शुरु भइसकेको छ ।

निर्वाचनको पूर्व सन्ध्यामा उनलाई यसरी नियन्त्रणमा लिएपछि त्यहाँको राजनीतिमा नयाँ उथलपुथल हुने अनुमान छ । उनले आफूलाई पाकिस्तानको सेनाले सधैँ तारो बनाएको बताउँछन् ।

लन्डनबाट पनि हिजो स्वदेशका लागि प्रस्थान गर्नुअघि उनले सार्वजनिक गरेको एक भिडियोमा भनेका थिए, “म पाकिस्तानी सेनाको तारो बनेको छु, मलाई लाग्छ म विमानस्थलमा पुगेपछि उनीहरु मलाई पक्राउ गर्न सक्छन् ।” उनलाई १० वर्षे जेल सजायसँगै एक करोड अमेरिकी डलर जरिवाना पनि तोकिएको अदालतले जनाएको छ ।

श्रीमतीको उपचारका लागि पूर्वप्रधानमन्त्री सरिफ बेलायतको लण्डन गएका थिए । उनकी श्रीमती क्यान्सर रोगबाट पीडित छिन् । प्रायः उतार चढावपूर्ण रहेको पाकिस्ताको राजनीतिक यात्रा सरिफको पक्राउपछि भने कता मोडिने हो कौतुहल पाकिस्तानी नागरिकहरुको छ ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]