Dabali News

क्यामेराको सहयताले चोरी शिकारमा संलग्न २ जना पक्राउ

२९ असार

काठमाडौं । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले जासुसी क्यामेराको सहायताले चोरी शिकारमा संलग्नलाई पक्राउ गर्न थालेको छ ।

चोरी शिकार हुन सक्ने सम्भावित नाकामा क्यामेरा जडान गरी निकुञ्ज कार्यालयले संरक्षित वन्यजन्तु, दुर्लभ जडीबुटी र काठ तस्करी रोक्नका लागि काम अगाडि बढाएको हो । निकुञ्जका विभिन्न ठाउँमा क्यामेरा राखिएका छन् ।

क्यामेराले निगरानी बढाउन थालेपछि चोरी शिकारका घटना न्यूनीकरण गर्न निकै टेवा पुगेको निकुञ्जका कावा मुख्य संरक्षण अधिकृत गोपाल घिमिरेले बताए ।

उनले भने,‘दुई साताअघि मात्रै निकुञ्जको बागफाँटा नजीकको लगरघाट नजीक चोरी शिकारमा संलग्न भीमदत्तनगरपालिका-१९ का लौटन चौधरी र अमरसिंह रानालाई भरुवा बन्दूकसहित पक्राउ गरेका छौँ,’ ‘क्यामेरामा दुवैले लगुना मारेर फर्कदै गरेको अवस्थामा देखिएपछि पक्राउ परेका हुन् । राति १० बजे दुवै क्यामेरामा देखा परे, सोही आधारमा खोजतलास गर्दा १२ बजे निकुञ्जबाटै दुवैलाई पक्राउ गर्न सक्यौँ ।’

हाल दुवै निकुञ्जको हिरासतमा छन् । क्यामेरा राखिएपछि निकुञ्ज संरक्षण गर्न निकै सहज भएको अधिकृत घिमिरेको भनाइ छ ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]