आज :

७५ लाख बराबरको नगद र चेकसहित भारतीय पक्राउ

काठमाडौं । प्रहरीले अवैधरुपमा हुन्डी कारोबारमा संलग्न एक जना भारतीय नागरिकलाई राजधानीको कुलेश्वरबाट पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारतको बेतिया जिल्ला, जोगपट्टी थाना भएका ५७ वर्षिय सत्यनारायण प्रसाद रहेका छन् । उनलाई महानगरीय प्रहरी बृत्त कालीमाटीको टोलीले पक्राउ गरी हिरासतमा लिएको हो ।

प्रहरीका अनुसार उनको कोठाबाट ३६ लाख रुपैयाँ नदग, ३७ लाख ५ हजार रुपैयाँ बराबरको विभिन्न बैंकको साट्न बाँकी चेक र एक लाख १९ हजार भारतीय रुपैयाँ बरामद भएको छ ।

उनलाई बरामद नगद र चेकसहित थप कारवाहीका लागि राजस्व अनुसन्धान विभाग पुल्चोकमा बुझाएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal