Dabali News

नेकपाका पोलिट्ब्यूरो सदस्य पुन बर्दिया हिरासतमा, विस्फोटक पदार्थको मुद्दा

२९ असार

बर्दिया । नेपाल कम्युनिस्ट पार्टीका पोलिटब्युरो सदस्य ओमप्रकाश पुनलाई काठमाडौँबाट ल्याएर बर्दिया हिरासतमा राखिएको छ । सर्वोच्च अदालतको आदेशमा बुधबार दिउँसो रिहा भएलगत्तै पुनलाई पुनः गरिफ्तार गरिएको थियो ।

नेता पुनलाई विस्फोटक पदार्थ सम्बन्धी मुद्दा लगाएर प्रहरीले पाँच दिनको म्याद गरेको छ । नेकपाले पुनलाई लगाइएको मुद्दा झुट्टा भएको बताएको छ । सरकारले झुट्टा मुद्दा लगाए आफ्ना नेता–कार्यकर्ताहरुलाई फसाउने षड्यन्त्र गरेको नेकपाको दाबी छ ।

सोही दिन रिहा भएलगत्तै अर्का पोलिट्ब्यूरो सदस्य पदम राई र उदयपुर जिल्ला इन्चार्ज केदार राईलाई पनि पुनः गिरफ्तार गरिएको थियो । उनीहरुलाई मोरङ लगिएको छ ।

पुनलाई असार १९ गते मंगलबार बेलुका काठमाडौँको लाजिम्पाटबाट नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले गिरफ्तार गरेको थियो ।

  • फाइल फोटो
Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]