Dabali News

मायाका बलात्कारी-हत्यारालाई उन्मुक्ति दिन नेताहरुले सुरु गरे यस्तो खेल

२९ असार

धनगढी । कडा कारवाही गर्नुको साटो बलात्कारी–हत्यारालाई उन्मुक्ति दिने चलखेल सुरु भएको छ । त्यो पनि राजनीतिक पार्टीकै नेताहरुबाट । पीडित परिवारले कारवाहीको लागि दवाव दिन आग्रह गरेका छन् । गौरीगंगा नगरपालिका–११ स्थित जहारी कटानकी २१ वर्षिय माया बिकलाई बलात्कार गरी हत्या गर्नेहरुलाई राजनीतिक दलबाटै उन्मुक्ति दिलाउने चलखेल भइरहेको हो ।

पीडित परिवार बिहीबार धनगढीमा पत्रकार सम्मेलन गरेरै मुख्य योजनाकारलाई नै उन्मुक्ति दिन चलखेल सुरु भएको बताएका छन् । “पक्राउ परेका पाँचमध्ये मुख्य योजनाकार गणेश बडुवाल सहयोगी तपेन्द्र बोगटी र मनोज बोगटीलाई निर्दोष रहेको भन्दै उन्मुक्ति दिन राजनीतिक चलखेल भइरहेको छ” पत्रकार सम्मेलनमा मायाका बुबाले भने ।

“जो मुख्य योजनाकार हो, उसैको समर्थनमा राजनीतिक दल लागेका छन् । राज्य सत्ताको पहुँचमा रहेका अपराधीहरुलाई राज्यले कानुनी कारवाही गर्न सक्दैन भने उनीहरुलाई हामी आफ्नो तरिकाले कारवाही गर्न र कानून हातमा लिन्छौं” पत्रकार सम्मेलनमा मायाका आमाले भनिन् । अपराधीलाई कडाभन्दा कडा कारवाही गर्न माग गर्दै पीडित परिवारले कारवाही नगरे आफूहरु कारवाही गर्न बाध्य हुने चेतावनी दिएका थिए ।

पत्रकार सम्मेलनमा सांसद पूर्णा जोशीले राज्यको माथिल्लो तहसम्म  पहुँच भएकाहरुबाटै श्रंखलावद्ध तरिकाले अपराधिक घटना भइरहेकोमा दुःख व्यक्त गर्दै भनिन्, “कानून सबैको लागि बराबर हुनुपर्छ । मायाका बलात्कारी र हत्यारालाई उन्मुक्ति दिनु हुँदैन । यसले अपराधीको मनोवल उचो हुन्छ, जसका कारण समाजयमा अपराधिक घटना बढ्छन् ।” उनले सरकारले तोकिएको कानून पीडितका लागि निकै कम भइरहेको महशुस गर्दै प्रदेश सरकारले पीडितलाई न्यायोचित हुने थप कानून बनाउने प्रतिबद्धता व्याक्त गरिन् । जतिसुकै पहुँचवाला भएपनि दोषि उन्मुक्ति हुनु हुँदैन र निर्दोष पर्नु हुँदैन भन्दै सांसद जोशीले यसो हुन आएमा सिंगो प्रदेश सरकारनै जवाफदेही हुने बताइन् ।

त्यसैगरी सांसद दुर्गा बिकले नेपालको कानून समय सापेक्ष परिमार्जन हुनु पर्ने बताउँदै प्रदेश सरकारले थप बलियो कानुन बनाउन पहल भइरहेको बताइन् । उनले पीडित परिवारलाई क्षतिपूर्तिको लागि सरकार गम्भिर हुनुपर्ने बताइन्ए।

असार १२ गते बेपत्ता भएकी मायाको १५ गते अर्धनग्ना अवस्थामा लास फेला परेको थियो । प्रहरीले उनलाई बलात्कार गरि हत्या गरेको आरोपमा ५ जनालाई असार २२ गते पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको थियो ।

प्रहरीको अनुसन्धान अनुसार बलात्कार गर्नेमध्ये चौथो व्यक्तिले बलात्कार गर्ने बेला मायाको मृत्यु भएको खुलासा गरेको थियो । घटना हालसम्म अनुसन्धानकै क्रममा रहेको छ ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]