Dabali News

६ महिनाको छोरालाई मार्ने धम्की दिएर मध्यरात ससुराले गरे बुहारीलाई बलात्कार

२८ असार

बझाङ । नवजात शिशुलाई मार्ने धम्की दिएर ससुराले बुहारीलाई बलात्कार गरेका छन् । मध्यरात ढोका तोडफोड गरेर घरभित्र पसेका ससुराले बलात्कार गरेका हुन् ।

बझाङको मष्टा गाउँपालिका–२ का गोरख बुढाले ६ महिनाकी सुत्केरी बुहारीलाई बलात्कार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । ४० वर्षीय बुढा उनी नाताले ससुरा पर्ने प्रहरीले बताएको छ ।

पीडित महिलाका अनुसार मदिरा सेवन गरेर मध्यरात बुढाले घरको ढोका तोडफोड गरेर भित्र पसेका बुढाले यौन सम्पर्क गर्न नदिए छोरालाई मारी दिने धम्की दिएर बलात्कार गरेका थिए । उनका श्रीमान् मजदुरीको लागि भारतमा काम गर्न गएका छन् भने घरमा कान नसुन्ने बुढी सासु मात्रै रहेका छन् ।

सुत्केरी पीडाबाट भरखर तंरिएकी ती महिलालाई आइतबार राती करिब १२ बजेतिर बलात्कार गरेका हुन् । घटना लगतै गुहार माग्दै कराएपछि बुढा भागेको आरोप ती महिलाको छ ।

प्रहरीले बलात्कारको आरोपमा बुढालाई बुधबार पक्राउ गरेर आवश्यक अनुसन्धानका गरिरहेको छ ।

बझाङमा १५ दिनको अवधिमा ३ वटा बलात्कारका घटना घटेका छन् । तल्कोट गाउँपालिकाकी सुस्तमनस्थितीकी बालिका बलात्कारको आरोप लागेका व्यक्ती हालसम्म पक्राउ पर्न सकेका छैनन् ।

  • सांकेतिक तस्विर
Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]