Dabali News

नेकपामाथि गिरफ्तार श्रृंखला झनै बढ्यो, केन्द्रीय सदस्य साह गिरफ्तार

२८ असार

सुनसरी । सरकारले नेपाल कम्युनिस्ट पार्टीका नेता–कार्यकर्तामाथिको दमन र गिरफ्तार श्रृंखला झनै बढाउँदै लगेको छ । यसबाट दैनिक रुपमा उसका नेतादेखि समर्थकसम्मलाई शान्तिपूर्ण राजनीतिक गतिविधि गर्न प्रतिबन्ध लगाउने उद्देश्यसहित सरकार झनै कडाइपूर्वक उत्रिएको प्रष्ट देखिन्छ ।

यसैक्रममा आजै मात्र प्रहरीले नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य देवनारायण साहलाई गिरफ्तार गरेको छ । पार्टीका नियमित काममा रहेको बेला सुनसरीको इनरुवाबाट बिहीबार दिउँसो साहलाई सादा पोशाकमा आएका प्रहरीले गिरफ्तार गरेको हो । साह पार्टीका मधेसी राष्ट्रिय मुक्ति मोर्चाका केन्द्रीय अध्यक्ष समेत हुन् । साहलाई यसअघि झुठ्ठा अारोपमा गिरफ्तार गरी लामो समय हिरासतमा राखेको र अदालतको अादेशमा रिहा भएका थिए ।

सरकारले नेकपाका सामान्यदेखि उच्च तहका नेताहरुमाथि निगरानी, धरपकड र झुठा मुद्दा लगाउने श्रृंखला चलाइरहेका बेला नेता साहलाई झुठा आरोप लगाएर गिरफ्तार गरेको नेकपाका पूर्वी कमाण्ड ईन्चार्ज अनिल शर्मा ‘विरही’ले जनाएका छन् ।

ईन्चार्ज विरहीले साहको गिरफ्तार फासिवादी सरकारको उपज भएको बताउँदै गिरफ्तारप्रति घोर आपत्ति व्यक्त गर्दै बिनासर्त तुरुन्त रिहा गर्न माग गरेका छन् । ‘अनाहकमा झुठा आरोपमा नेकपाका नेता कार्यकर्तामाथि धरपकड र आतंक मच्चाउने काम सरकारले गरेको छ, त्यो तुरुन्त बन्द गनुपर्छ’ विरहीले भने ‘बिनासर्त तुरुन्त गिरफ्तार मुक्त नगरिए कडा संघर्ष घोषणा गर्न बाध्य हुनेछौं ।’

सरकारले हिजो बुधबार मात्र नेकपाका नेता एवं पोलिटब्यूरो सदस्य त्रय ओमप्रकाश पुन, पदम राई र भरत बमलाई सर्वोच्च अदालतले उनीहरुमाथि सरकारले लगाएको आरोप झुठा भएको ठहर गरेर रिहा गरेको थियो । रिहा आदेशलगत्तै बमलाई रिहा गरिएपनि सर्वोच्च अदालत परिसरबाटै पुन र राईलाई अर्को आरोप लगाएर पुनः गिरफ्तार गरी हिरासतमा राखिएको छ । उनीहरु सबैलाई राजधानीबाट खुला कार्यक्रम गर्दैगर्दा बालाजु प्रहरीले कार्यक्रममा हस्तक्षेप गरेर गिरफ्तार गरेको थियो । बमसँगै पार्टीनिकट अखिल नेपाल महिला संघ क्रान्तिकारीका महासचिव धिरेन्द्र उपाध्याय ‘भृकुटी’ लगायत अन्य तीन नेताहरु पनि रिहा भएका छन् ।

यसैबीच बुधबारै दिउँसो नेकपाका युवा संगठन योङ रेड फोर्सका केन्द्रीय अध्यक्ष बाबुराम राई ‘विवश’लाई संखुवासभा जिल्ला अदालतको आदेशमा गैरन्यायिक थुनामा नराख्न आदेश दिएसँगै रिहा भएका छन् । तर अन्यत्र गिरफ्तारको श्रृंखला बढाइएको छ ।

तर नेकपाले भने सरकारको गलत रवैयाको भण्डाफोर गर्ने र दिनहुँ सरकारले गर्दै आइरहेको राष्ट्रघात तथा जनघातबारे नागरिकलाई सुसूचित गराउन उद्देश्यले देशभर एकीकृत जनजागरण अभियानलाई तीव्र पारेको छ । उसले सहिद, बेपत्ता र घाइते योद्धा परिवारलाई भेट्ने, संगठन विस्तार गर्ने र देश विकास र समृद्धिको बाधक मानिने दलाल संसदीय व्यवस्थाको सट्टा वैज्ञानिक समाजवादी व्यवस्था स्थापना गर्न देशभक्त, राष्ट्रवादी र क्रान्तिकारीहरुलाई गोलबन्द पार्ने कामलाई जोडदार रुपमा अगाडि बढाइरहेको छ ।

दमन, गिरफ्तार र झुठा मुद्दाले क्रान्तिकारी नेता जनतालाई केही फरक नपर्ने नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ हालै मात्र एक प्रेस विज्ञप्ति जारी गरेर प्रष्ट पारेका छन् । सरकारको दमन र गिरफ्तारको जनसुकै स्तरबाट प्रतिवाद गर्न अपिल समेत गरेका छन् ।

धानमन्त्री ओली र सत्तारुढ पार्टीका अध्यक्ष प्रचण्ड जनतालाई ढाँटेर चौतर्फी रुपमा बद्नाम र नाङ्गिएपछि नेकपाले जनताको साथ प्राप्त भएको देखेर अोली-प्रचण्डले सुनियोजित ढंगले नेकपामाथि फासिवादी दमन चलाएको बताएका छन् । अोली-प्रचण्डले युद्धै चाहेपनि अाफूहरु तयार रहेको जनाउ समेत उनले दिइसकेका छन् ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]