Dabali News

शेयर बजार दोहोरो अंकले घट्यो

२८ असार

काठमाडौं । मौद्रिक नीति सार्वजनिक भएपछि बजार बढ्ने अपेक्षामा रहेका लगानीकर्तालाई शेयर बजारले निराश बनाएको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार शेयर बजार मापक नेप्से परिसूचक आज दोहोरो अंकले घटेको छ ।
बुधबार नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षका लागि मौद्रिक नीति सार्वजनिक गरेको थियो ।

नीतिले बैंक तथा वित्तीय संस्थालाई पनि शेयर ब्रोकरको अनुमतिपत्र दिने व्यवस्था गरेको थियो ।
शेयर बजार १३.६६ बिन्दुले घटेर एक हजार १९१.९८ बिन्दुमा आइपुगेको छ । यस्तै ‘क’ वर्गका कम्पनीको शेयर मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत २.९३ बिन्दुले घटेर २५१.०५ बिन्दुमा पुगेको छ ।

कूल १६३ कम्पनीको १६ लाख २० हजार ८८० कित्ता शेयर ४५ करोड ४४ लाख ६ हजार २५६ मूल्यमा खरिद बिक्री भएको हो । स्टकका अनुसार कूल १० उपसमूहमध्ये ९ उपमूहको शेयर घटेको छ भने एक उपसमूहको शेयर बढेको छ ।

बैंकिङ १०.३१, व्यापार ०.८४, होटल ३७.६५, विकास बैंक १८.८३, जलविद्युत २१.७, फाइनान्स ३.८७, बीमा १०७.५८, अन्य ०.५१ र माइक्रोफाइनान्स ३६.०६ बिन्दुले घटेको छ भने उत्पादन समूहको शेयर २.८ बिन्दुले बढेको छ ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]