आज :

हाम्रो सीमा लिम्पियाधुरासम्म हो, त्रिदेशीय वार्ता गरेर फिर्ता गर्नुपर्छः श्रेष्ठ

काठमाडौं । परराष्ट्रविद् हिरण्यलाल श्रेष्ठले कालापानीमा नेपाली सुरक्षाकर्मी तैनाथ गरेर भारतसँग वार्ता गर्नुपर्ने बताएका छन् । संवाद डबलीले गरेका अन्तरसंवाद कार्यक्रममा बोल्दै सीमा विवादका जानकारी समेत रहेका श्रेष्ठले सुगौली सन्धीका आधारमा पनि नेपालीको सीमा लिम्पियाधुरा भएको बताउँदै भारतीय नक्सा खारेज गर्नुपर्ने बताए । अर्को सन्धी नभएको कारण लिम्पियाधुरा नै नेपालको सीमा भएको बताए ।

नेपाली पक्षले कुटनीतिक पहल गरेर सीमा समस्या समाधान गर्न नसकेकै कारण भारतले पछिल्लो पटक नेपालीभूमीमाथि अतिक्रमण गरेको श्रेष्ठले बताए । उनले अब नेपालले पनि कालापानीमा सुरक्षा फौज तैनाथ गर्नुपर्ने बताए । सीमा विवाद मिलाउने जिम्मा पाएकाहरु नालायक भएकै कारण सीमा अतिक्रमण भइरहेको भन्दै श्रेष्ठले भने, “सीमा विवाद मिलाउने जिम्मा पाएकाहरुको नालायक भएकै कारण यो समस्या आएको हो । जनता सडकमा जागिराख्नुपर्छ ।”

कार्यक्रममा बोल्दै श्रेष्ठले सीमा समस्या समाधानको लागि संयुक्त राष्ट्रसंघमा जान समेत नेपाल तयार हुनुपर्ने बताए । उनले पहिले कुटनीतिक पहल, दुई पक्षीय वार्ता, त्रिपक्षीय वार्ता गर्नुपर्ने त्यसबाट पनि भारत पछि नहटे राष्ट्रसंघमा जानुको विकल्प नभएको बताए । जनसंख्या र भूगोलको आधारमा सार्वभौमिकता र राष्ट्रियताको टुंगो नलाग्ने बताए । उनले देश सानो भएपनि उसको सार्वभौमिकता ठूलो हुने बताए ।  सीमा विवाद भएका धेरै देशहरु राष्ट्रसंघमा पुगेर समस्या समाधान गरेको श्रेष्ठ उदाहरण पेश गरेका थिए ।

लिम्पियाधुरा त्रिदेशी बिन्दू भएकोले नेपाल, चीन र भारतबीच वार्ता हुनुपर्ने बताए । अहिले चीन र भारतबीचको सम्बन्ध सुधार भएको देखिएको भन्दै श्रेष्ठले यस विषयमा पनि छलफल गर्नुपर्ने धारण राखे ।

अहिलेसम्म कुर्सीको लागि चाकरी गरेकै कारण भारतले हेप्दै आएको बताउँदै सीमा जस्तो विषयमा गम्भीर बन्न श्रेष्ठले सरकारलाई सुझाव समेत दिए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal