Dabali News

घटनामा परी २ जनाको मृत्यु

२८ असार

सप्तरी । जिल्लाको छुट्टाछुट्टै घटनामा परी दुई जनाको मृत्यु भएकोे छ ।

पूर्व पश्चिम राजमार्गअन्तर्गत खडक नगरपालिका-८ बिसनपुर चोकमा बसले मोटरसाइकल चालकलाई ठक्कर दिँदा मोटरसाइकल चालक शम्भुनाथ नगरपालिका-२ बस्ने ३५ वर्षिय रुपेश चौधरीको मृत्यु भएको हो ।

बा.७० प. ८०९२ नं.को मोटरसाइकललाई ना.५ख. ४८१७ नं.को बसले ठक्कर दिँदा घाइते भएका मोटरसाइकलको पछाडि सवार २० वर्षीय रोशन चौधरीलाई उपचारका लागि सप्तऋषि अस्पताल लहान पठाइएको प्रहरीले जनाएको छ । प्रहरीले बस र बस चालकलाई नियन्त्रणमा लिएको छ ।

त्यस्तै वर्षाको पानी जमेको खाल्डोमा डुबेर एक बालकको मृत्यु भएको छ । कृष्ण सवरन गाउँपालिका–३ बस्ने चार वर्षिय जीवन मण्डलको खेल्ने क्रममा घरदेखि एक सय मिटर पश्चिमतर्फ रहेको खाल्डोमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]