Dabali News

सर्पको डसाइबाट युवतीको मृत्यु

२८ असार

काठमाडौं । गोमन सर्पको डसाइबाट बाह्रदशी गाउँपालिका-७ मा युवतीको मृत्यु भएको छ ।

२२ वर्षिय चन्द्रवती राजवंशी बुधबार साँझ खाना बनाउँदै गर्दा उनलाई सर्पले डसेको थियो । डसेलगत्तै उनलाई कनकाई नगरपालिकामा रहेको सहारा सर्पदंश उपचार केन्द्र लगिएको थियो । उपचारकै क्रममा आज बिहान मृत्यु भएको प्रहरीले बताइएको छ ।

त्यस्तै झापामा अढाइ वर्षिय बालिकाको डुबेर मृत्यु भएको छ । मृत्यु हुनेमा भद्रपुर नगरपालिका -१ का अढाइ वर्षिय रोविका तामाङ रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

चारआली-केचना सडकखण्डअन्तर्गत हिमाली चोकमा नालामा जमेको पानीमा डुबेर मृत्यु भएको हो । पानीमा डुबेर बेहोस अवस्था भेटिएकी बालिकालाई उपचारका लागि मेची अञ्चल अस्पताल भद्रपुर लादै गर्दा बाटोमै मृत्यु भएको प्रहरीको भनाई छ ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]