Dabali News

शुल्क नबढाउन सिटिइभिटीलाई अखिल क्रान्तिकारीको १० दिने अल्टिमेटम, यस्ता पाँच बुँदे माग

२८ असार

काठमाडौँ । अखिल क्रान्तिकारीले भर्नाको मुखमा आएर अभिभावकलाई मार पर्नेगरी शूल्क वृद्धि गर्न लागेको भन्दै रोक्न माग गरेको छ । उसले शुल्क निर्धारणको लागि वैज्ञानिक मापदण्ड बनाउनु पर्ने माग पनि गरेको छ ।

नेपाल कम्युनिस्ट पार्टी निकट अखिल क्रान्तिकारीका सिटिइभिटी संयोजक हर्कबहादुर बिकको नेतृत्वमा गएको टोलीले विहीबार शुल्क फिर्तासँगै पाँच बुँदे मागपत्र बुझाएको छ । सिटिइभिटीका सदस्य सचिव पुष्परमण वाग्लेलाई ज्ञापनपत्र बुझाउँदै शुल्क तत्काल नबढाउन र वैज्ञानिक मापदण्ड अवलम्वन गर्न माग गरिएको छ ।

संगठनका सिटिइभिटी संयोजक हर्कबहादुर बिकका अनुसार शुल्कसँगै छात्रवृत्ति कोटा बढाएर २० प्रतिशत पुर्याउन, मौका परीक्षाको व्यवस्था गर्न, मापदण्ड नपुगेका शैक्षिक संस्थाहरुलाई सम्बन्धन नदिन र मापदण्ड विपरीत सञ्चालित शैक्षिक संस्थाहरुलाई कडाईपूर्वक अनुगमन गरी कारवाही गर्न पनि मा गरिएको छ । दश दिनभित्र अाफ्ना मागहरु पूरा नगरे कडा संघर्षमा जाने चेतावनी पनि दिइएको छ ।

संयोजक बिकले हस्ताक्षर गरेको मागपत्रमा सिटिइभिटी निम्न मध्यम वर्गीय जनताका छोराछोरीले प्राविधिक शिक्षा अध्ययन गर्ने संस्था भएको तर केहि भ्रष्ट र शैक्षिक माफियाका कारण अपारदर्शिता र भ्रष्टाचारको अखडा बनिरहेको बताइएको छ ।

यस्ताे छ पाँच बुँदे माग

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]