Dabali News

भक्तपुर र बनेपा डुबानः तीन जनाको मृत्यु, क्रेनबाट उद्दार जारी (भिडियो हेर्नुहोस्)

२८ असार

काठमाडौँ । बुधबार रातिदेखि परेको अविरल बर्षाले भक्तपुर बनेपाका अधिकांश ठाउँ डुबानमा परेका छन् । हनुमन्ते र खस्याङखुसुङ खोलामा आएको बाढीले भक्तपुरको महेश्वरीदेखि दक्षिण पश्चिम मध्यपुरथिमि वडा नं १ लोकन्थलीसम्मको भू–भाग डुबानमा परेको छ ।

हनुमन्ते खोलामा आएको बाढीले हनुमानघाटस्थित परोपकार केन्द्र, सिद्धीस्मृति बाल अस्पताल, राममन्दिर, सल्लाघारीस्थित युवामुरा अस्पताल, मध्यपुरथिमिस्थित मध्यपुरथिमि अस्पतालसमेत जलमग्न भएको छ ।

खस्याङखुसुङ खोलामा आएको बाढीले मध्यपुरथिमिको राधेराधे क्षेत्र डुबानमा पर्दा सयौँ परिवार विस्थापित भएका छन् । बाढीका कारण हनुमन्ते खोलाको पुलसमेत खतरामा परेको छ । बाढीले अबरुद्ध जगातीदेखि थिमिको राधेरोधसम्मको सडक भने खुलेको छ ।

महानगरीय प्रहरी परिसय भक्तपुरले दिएको जानकारी अनुसार चाँगुनारायण–७ मा माटोको ढिस्को खस्दा तीन जनाको मृत्यु भएको छ । यसबारे थप विवरण आउन बाँकी रहेको छ । उद्दार कार्य जारी रहेको छ । अहिलेसम्म दुई सयको उद्दार भएको बताइएको छ ।

त्यसैगरी काभ्रेको बनेपाका विभिन्न ठाउँहरु जलमग्न छन् ।

भिडियो हेर्नुहोस्

भक्तपुर डुबानमाः यसरी भइरहेको छ भक्तपुरमा उद्दार कार्य

भक्तपुर डुबानमाः यसरी भइरहेको छ भक्तपुरमा उद्दार कार्य

Posted by Online Dabali on Thursday, July 12, 2018

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]