Dabali News

क्रोएसिया पहिलो पटक विश्वकपको फाइनलामा, इङ्ल्यान्ड २-१ गोलले पराजित

२८ असार

काठमाडौं । रुसमा जारी विश्वकप फुटबलमा क्रोएसिया पहिलो पटक फाइनमा पुगेको छ । बुधबार राति भएको खेलमा इङ्ल्यान्डलाई २–१ हराउँदै क्रोएसिया फाइलनमा पुगेको हो ।

बल्लबल्ल २८ लगाएर सेमिफाइनलमा पुगेको इङ्ल्यान्डको उपाधि जित्ने सपना अधूरै रहेको छ । खेलको पाँचौं मिनेटमा कायरन ट्रिपियरले इङ्ल्यान्डका लागि गोल गर्दै शुरुवाती अग्रता बनाएका थिए । क्रोएसियाका इभान पेरिसिचले ६८ औं मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याएका थिए ।

निकै नै प्रतिष्पर्धात्मक देखिएको खेलको निर्धातिर समय १–१ को बराबरीमा सकिएपछि अतिरिक्त समयमा पुगेको थियो । खेलको १०९ औं मिनेटमा मारियो मान्जुकिचले गोल गरे र क्रोएसियाको अग्रता २–१ बनाए । अन्ततः यही गोल नै निर्णायक बन्यो र क्रोएसियाको पल्लाभारी भयो ।

क्रोएसिया पहिलोपटक फाइनलमा पुगेको हो । यसअघि क्रोएसिया सन् १९९८ मा सेमिफाइनलसम्मको यात्रा तय गरेको थियो । क्रोएसिया सन् १९९० मा युगोस्लाभियाबाट छुट्टिएर बनेको देश हो ।

अब उसले आइतबार हुने फाइनल खेलमा फ्रान्ससँग प्रतिष्पर्धा गर्नेछ ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]