Dabali News

सुन र नगदसहित २ जना पक्राउ

२७ असार

काठमाडौं । सीमा बजार झुलाघाटबाट प्रहरी टोलीले सुन र नगदसहित २ जनालाई पक्राउ गरेको छ ।

सीमाप्रहरी चौँकी झुलाघाटबाट खटिएको टोलीले मंगलबार दिउसो ३ बजे भारत पिथौरागढ जिल्ला झुलाघाटका ४२ वर्षिय जगदीश बर्मा ६० ग्राम सुनसहित २४ हजार ३ सय ९० भारतीय रुपैयाँ र दशरथचन्द नगरपालिका-४, गढीका २१ वर्षिय बिशाल गहतराज ३ लाख २७ हजार ९ सय ८५ रुपैयाँ र ११ ग्राम ६ सय ६४ मिलीग्राम सुनसहित पक्राउ परेका छन् ।

चोरी पैठारी गरी सुन किनबेच भइरहेको अवस्थामा प्रहरीले २ जनालाई पक्राउ गरि आवश्यक कारबाहीको लागि गड्डाचौकी भन्सार कार्यालयमा पठाएको छ ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]