Dabali News

‘साली कसको भेनाको’ को ट्रेलर सार्वजनिक

२७ असार

काठमाडौं । हाँस्य प्रदान सामाजिक फिल्म ‘साली कसको भेनाको’ को ट्रेलर सार्वजनिक भएको छ ।

पुष्प आचार्यले लेखेको फिल्म भद्र भुजेलको निर्देशनमा बनेको छ । भदौ २९ गतेदेखि देशभरका हलमा प्रदर्शन हुने तयारीमा रहेको फिल्ममा बिल्सन बिक्रम राई, बुद्धि तामाङ,रजनी गुरुङ,मरिश्का पोखरेल,सुष्मा कार्की,जयनन्द लामा,कविता आले, बीरेन श्रेष्ठ,पुष्प आचार्यलगायतका कलाकारले अभिनय गरेका छन् ।

निकै रमाइलो फिल्म बनाएकाले दर्शकले मन पराउने बिश्वास निर्देशक भद्रको छ । प्रसाद श्रेष्ठको प्रस्तुति रहेको फिल्मको निर्मातामा रामप्रसाद श्रेष्ठ,सुशीलगोपाल न्याछ्यो र काजीमान श्रेष्ठ बिशाल, कमला भट्टराई र मुक्ति अधिकारी रहेका छन् ।

फिल्मको गीतमा प्रसाद श्रेष्ठ,सुरज शाही ठकुरी र मिन घलानको संगीत छ । मुभीङ पिक्चर्स प्रालिको ब्यानरमा निर्माण भएको फिल्म दीर्घ गुरुङले खिचेका हुन् ।

‘साली कस्को भेनाको’ समसामयिक सामाजीक बिषयमा निर्माण गरिएको निर्माता प्रसाद बताउँछन् । प्रसाद उनै हन्, जसले पहिला कान्छी, कर्जालगायतका फिल्म निर्माण गरे । लामो समयको अन्तरालपछि फिल्म निर्माणमा पुनरागमन गरेका प्रसाद साली कस्को भेनाकोबाट आशावादी छन् ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]