Dabali News

वार्ता गर्ने भए जुम्ला आउ : डा.केसी

२७ असार

काठमाडौं । १२ दिनदेखि आमरण अनसनमा बसेका डा.गोविन्द केसीले आफूसँग वार्ता गर्नचाहे जुम्लामा आउन सरकारलाई आग्रह गरेका छन् ।

चिकित्सा शिक्षा र सेवा सुधारको माग राख्दै अनसनरत डा.कसीले सरकारले आफूसँग वार्ता गरिरहनुको कुनै औचित्यसमेत नरहेको बताए ।
उनले आफूले उठाएका माग नागरिक र विद्यार्थीको पक्षमा भएकाले ती माग सम्बोधन गरे पुग्ने स्पष्ट पारे । माथेमा आयोगको प्रतिवेदनअनुसार चिकित्सा शिक्षा विधेयक लागू गरे पुग्ने उनको भनाइ थियो ।

लामो समयदेखि अनसनमा बसेको डा.केसीको स्वास्थ्य अवस्था बिग्रँदै गएको छ । उनको उपचारमा संलग्न चिकित्सकका अनुसार डा.केसीको मुटुको चाल बढ्नुका साथै रोगसँग लड्ने क्षमता कमजोर बन्दै गएको छ । केसीलाई मांसपेशी सुनिने, रिंगटा लाग्ने, छातीकोबीच भागमा दुख्ने, वाकवाकी लाग्ने, पेट दुख्ने, मुटुको चाल तलमाथि हुने र पिसाव नहुने जस्ता समस्या देखा परेको छ ।

स्वास्थ्य जटिल बन्दै गए पनि उनले सामान्य ग्लुकोज र आवश्यक औषधि लिन मानेका छैनन् । उनले अक्सिजन र स्लाइनबाहेक अरु औषधि लिन मानेका छैनन् ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]