Dabali News

आत्मघाती बम बिस्फोटमा नेता बिलौरसहित १२ जनाको मृत्यु

२७ असार

काठमाडौं । पाकिस्तानको पेशावरमा गराइएको आत्मघाती बम विस्फोटमा अवामी नेसनल लिग एनएपीका नेता हारुन बिलौरसहित कम्तिमा १२ जनाको मृत्यु भएको छ ।

याकातूत क्षेत्रमा एउटा चुनावी बैठकलाई लक्षित गरी गराइएको विस्फोटमा ३० भन्दा बढी घाइते भएका छन् । एएनपी नेता आफ्ना कार्यकर्तासँग छलफल गर्दै गर्दा विस्फोट गराइएको बताइएको छ ।

बिलौर मञ्चमा उक्लँदै गर्दा एक व्यक्तिले आत्मघाती विस्फोट गराएको पाकिस्तानी सञ्चारमाध्यमले जनाएका छन् । विस्फोटबाट गम्भीर घाइते भएका बिलौरको उपचारका क्रममा अस्पतालमा निधन भएको पाकिस्तानी सञ्चारमाध्यमहरुले जनाएका छन् ।

बिलौरका बुवा तथा एएनपीका वरिष्ठ नेता बशीर अहमद बिलौर पनि सन् २०१२ मा पेशावरमा पार्टीको बैठकका क्रममा आत्मघाती विस्फोटमा मारिएका थिए । पाकिस्तानमा यही जुलाई २५ मा आमचुनाव हुँदैछ । चुनाव नजिकिँदै जाँदा हिंसात्मक घटना बढ्दै गएको छ ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]