Dabali News

मुस्ताङ जोड्ने बेनी-जोमसोम सडक अवरुद्ध

२७ असार

काठमाडौं । अन्नपूर्ण गाउँपालिका–ं३ दानाको तितरमा गएराति आएको पहिरोका कारण मुस्ताङ जोड्ने बेनी-जोमसोम सडक अवरुद्ध भएको छ ।

पहिरो पन्छ्याउने प्रयास भइरहेको गजुरमुखी अयोजनाका सुपरभाइजर इन्द्रसिंह शेरचनले बताए । अवरुद्ध सडकको माटो र ढुंगा पन्छ्याउन मेसिन प्रयोग गरिएको छ ।

पहिरो गएको ठाउँ टाढा रहेकाले बस्तीलाई कुनै असर नगर्ने उनले बताए । सडक अवरुद्ध हुँदा बेनी हुँदै मुस्ताङ र मुस्ताङबाट फर्किने यात्रु अलपत्र परेका छन् ।

बेनी-जोमसोम-कोरला सडक निर्माणधिन अवस्थामा छ । सडक विस्तार गर्ने काम जारी रहेकाले ठाउँ-ठाउँमा पहिरोको सम्भावना रहेको बताइएको छ ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]