Dabali News

भरतपुर महानगरपालिकाले दुग्ध उत्पादकलाई अनुदान दिने

२७ असार

भरतपुर । चितवनको भरतपुर महानगरपालिकाले दुग्ध उत्पादक कृषकले प्रत्यक्षरुपमा पाउने गरी अनुदान दिन शुरु गरेको छ ।

दुग्ध उत्पादक सहकारी संस्था, दुग्ध संकलन केन्द्र र निजी डेरीमार्फत कृषकलाई प्रतिलिटर २५ पैसाका दरले अनुदान दिन शुरु गरेको छ ।

पशु सेवा शाखाका प्रमुख डा.विकास श्रेष्ठका अनुसार यस वर्षको गत साउन महिनाबाट पुस १५ गतेसम्म दूध बिक्री गरेका कृषकलाई अनुदान दिएको हो ।

उनका अनुसार बजेट कम भएका कारण वर्षभरि दिन नसकिएको हो । कार्यालयले आह्वान गर्दा ५२ वटा सहकारी संस्था, दुग्ध संकलन केन्द्र र निजी डेरीले निवेदन दर्ता गराएपछि उनीहरूले संकलन गरेको दूधको आधारमा उनीहरूकै खातामा रकम जम्मा गरिएको छ । कार्यालयले १६ लाख ७० हजार संस्थाको खातामा पठाएको छ ।

आउँदो वर्ष १ करोड ५० लाख लिटर दूध संकलन हुने अनुमान गरिएको छ । अनुदान दिन ३५ लाख रुपैयाँ कार्यक्रममा राखिएको छ ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]