Dabali News

विनोद चौधरी, सुमार्गी, मिनबहादुरको सम्पती राष्ट्रियकरण गर्छौंः ओली

२७ असार

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य हेमन्तप्रकाश ओली ‘सुदर्शन’ले दलाल पुजिपति वर्गले जनताको श्रम र पसिना चुसेर धन थुपारी राखेको बताएका छन् । उनीहरुको जनताको पसिनाबाट जम्मा गरेको सम्पती आफूहरुले राष्ट्रियकरण गर्ने बताए ।

एक अन्तरवार्तामा बोल्दै ओलीले विनोद चौधरी, अजय सुमार्गी, मिनबहादुर गुरुङलगायतका केही मुठिभर दलाल पुजिपतिहरुको सम्पती कब्जा गरेर राष्ट्रियकरण गरिने बताए । जनताको श्रम र पसिना चुसेर सम्पति थुपारेका कारण कब्जा गरेर जनताको सम्पती बनाउनु पर्ने ओलीले धारणा राखे । उनले आफूहरुको लडाइँ दलालहरुसँग भएको बताउँदै उनीहरुको संरक्षण गर्नेसँग लडाइँ पर्ने बताए । त्यसको लागि जनतालाई सचेत र जागरण गर्ने बताए ।

दलाल व्यस्था र दलाल पुँजिपतिविरुद्ध जनताले संघर्ष गरेको बताउँदै ओलीले त्यसको नेतृत्व आफ्नो पार्टीले गर्ने बताए । दलालहरुले जनतालाई लुट्न नछोडे जनकारवाहीदेखि उच्चस्तरसम्मको कारवाही हुन सक्ने बताए ।

प्रधानमन्त्रीदेखि मन्त्रीसम्म भ्रष्टाचारमा संलग्न हुने गरेको बताउँदै ओलीले उनीहरुपनि जनकारवाहीको भागिदार हुने चेतावनी पनि दिए । उनले टेलिकमलगायतका संस्थाहरुमा हुने नियुक्तिमा पनि मन्त्रीले कमिसन खाने गरेको बताए । उनले टेलिकमलाई कमजोर बनाएर एनसेललाई बलियो बनाउने षड्यन्त्र भइरहेको बताए ।

एक अर्को प्रसंगमा ओलीले पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पूरानो राज्यसत्ता ध्वस्त पारेर नयाँ राज्यसत्ता स्थापना हुन्छ भनेर सिकाएको तर अहिले आफै निगमवालबाट किनिएको आरोप लगाए । उनले प्रचण्डलाई चौधरी, सुमर्गी निगम किनेका कारण पूरानै राज्यसत्ताको संरक्षणमा लागेको दाबी गरे ।

त्यसैगरी सहकारीले नयाँ सामन्तको रुपमा जनतालाई ठगिरहेको धारणा राखे ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]