Dabali News

कान्तिपुर र काठमाडौं पोष्टका प्रधान-सम्पादकले यसकारण दिए राजिनामा

२७ असार

काठमाडौँ । सम्पादकको राजिनामाले फेरि कान्तिपुर पब्लिकेशन चर्चामा आएको छ । पटक पटक सम्पादकको राजिनामाले चर्चामा आउने पब्लिकेशन मंगलबार एकाएक चर्चामा आयो ।

कान्तिपुर दैनिकका प्रधान–सम्पादक सुधीर शर्मा र द काठमाडौं पोस्टका प्रधान सम्पादक अखिलेश उपाध्यायले एकैसाथ राजिनामा दिएका छन् । दुबै जनाले मंगलबार राजिनामा आफूहरुका राजिनामाबारे समाचार कक्षमा सहकर्मीलाई जानकारी गराएका थिए । दुबै सम्पादक र व्यवस्थापनबीच लामो समयदेखि विवाद रहेको बताइएपनि सार्वजनिक भएको थिएन ।

पछिल्लो पटक दुबै सम्पादक र पब्लिकेशनका अध्यक्ष कैलास सिरोहियाबीच विवाद बढ्दै गएको कान्तिपुरका पत्रकारहरुले बताउने गरेका छन् । दुबै सम्पादकले आफूलाई गलत कार्यमा उपयोग गर्न खोजेको भन्दै सिरोहियाको विरोध गर्न थालेपछि विवाद सुरु भएको बताइएको छ । कान्तिपुरका प्रधान सम्पादक शर्माले आफू निकट केही पत्रकारसँग आफ्नो वौद्धिकताको दुरुपयोग गर्न खोजेको कारण आफूले राजिनामा दिएको बताएका छन् ।

सम्पादक शर्मा र उपाध्ययको राजिनामाबारे पब्लिकेशनले केही बताएको छैन । शर्मा र उपाध्ययले पनि राजिनामाबारे आज औपचारिक रुपमा सार्वजनिक गर्ने बताइएको छ ।

विगत १० वर्षदेखि शर्मा र उपाध्यायले पत्रिकाको नेतृत्व गर्दै आएका थिए ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]