आज :

झोलामा प्रेमिकाको शवको टुक्रा, झोलासहित खोलामा ढलेका प्राध्यापक पक्राउ

काठमाडौं । रसियामा इतिहासका एक प्राध्यापक प्रेमिकाको हत्यापछि झोलामा उनको हात बोकेर फाल्ने क्रममा पक्राउ परेका छन् ।

झोलामा प्रेमिकाको हात बोकेर खोलामा फाल्ने क्रममा ६३ वर्षिय प्राध्यापक ओलेग सोकोलभ पक्राउ परेका हुन् । मदिराले लठ्ठ सोकोलभ झोलासहित खोलामा ढलेका थिए ।

हत्या गरिएकी प्रेमिका प्राध्यापककै पूर्वविद्यार्थी अनासटासिया यसचेन्को रहेको खुलेको छ । प्रहरीले प्राध्यापकको घरबाट २४ वर्षिय यसचेन्कोको क्षत–विक्षत शव फेला पारेको छ ।

उनले हत्या गरेको स्विकारेको उनका वकिलले बताएका छन् । ‘उनले आफ्नो अपराध स्विकारेका छन्,’ उनका वकिल अलेक्जेन्डर पोचुयेभले भने ।

विवादका क्रममा प्रेमिकाको हत्या गरेको र त्यसपछि उनको टाउको, हात तथा खुट्टा काटेको बताए । फ्रान्सेली शासक नेपोलियन बोनापार्ट सम्बन्धी विज्ञ प्राध्यापकले फ्रान्सको सर्वोेच्च पुरस्कार पाएका थिए ।

प्राध्यापक निकै तनावमा रहेको उनका वकिल पोचुयेभले बताए । प्राध्यापकले नेपोलियनबारे अनगिन्ती पुस्तक लेखेका छन् । उनी र उनकी प्रेमिका यसचेन्कोले फ्रान्सको इतिहास पढेका थिए ।

विद्यार्थीहरूको नजरमा उनी विद्वान गुरु थिए, जो फ्रान्सेली भाषाका ज्ञाता थिए । उनी फ्रान्सको इन्स्टिच्युट अफ सोसल साइन्स, इकोनोमिक्स एण्ड पोलिटिक्स (इसेप) नामक एउटा वैज्ञानिक समितिको सदस्य थिए । समितिले उनलाई शनिबारदेखि नै हटाएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal