Dabali News

त्रिशूली जलविद्युत गृहमा आगलागी, लोडसेडिङ हुन सक्ने

२६ असार

नुवाकोट । जिल्लामा एक विद्युत गृहमा आगलागी भएको छ । नुवाकोटस्थित २१ मेगावाट क्षमताको त्रिशूली जलविद्युत् केन्द्रको उत्पादन गृहमा आगलागी भएको हो ।

मंगलबार भएको आगलागीबाट विद्युत् गृहबाट उत्पादन भएको विद्युत्लाई टान्सफर्मरसम्म पु¥याउन प्रयोग गरिने विद्युतीय तारमा जडान गरिएको बसबारमा आगलागी भएको छ ।

आगलागीबाट बसबार पूर्णरुपमा जलेर क्षति पुगेको छ । त्यस्तै अन्य उपकरणमा पनि असर गरेको छ । उत्पादन गृहका प्रमुख तारादत्त भट्टका अनुसार आगो निभाउन फायर एक्सटिनगुइसर उपकरण प्रयोग गरे पनि त्यो पर्याप्त नभएपछि दमकलको सहयोगमा पानी प्रयोग गरेर निभाउँदा विद्युतीय उपकरणमा समेत थप क्षति पुगेको छ । आगो निभाउन नेपाली सेना, नेपाल प्रहरी, विद्युत् गृहका कर्मचारी, स्थानीयवासीलगायत परिचालन भएका छन् ।

आगलागीपछि विद्युत गृहबाट उत्पदन बन्द भएको छ । अागलागीबाट करोडौको क्षति पुगेको छ । उक्त गृहबाट उत्पादन भएको विद्युत राष्ट्रिय प्रशारण लाइनमा जोडिएको छ । विद्युत उत्पादन बन्द भएका कारण आसपास क्षेत्रसहित केही क्षेत्रमा विद्युत कटौती हुन सक्ने बताइएको छ ।

विसं २०२३ देखि विद्युत् उत्पादन शुरु गरेको यो जलविद्युत आयोजनाले हालसम्म पनि पूर्ण क्षमताको उत्पादन निरन्तर दिँदै आएको छ ।

  • फाइल फोटो
Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]