Dabali News

अखिल क्रान्तिकारीका सह-संयोजक साउद गिरफ्तार

२६ असार

धनगढी । अनेरास्ववियु (क्रान्तिकारी)का सह–संयोजक रमेश साउँदलाई प्रहरीले गिरफ्तार गरेको छ ।

नेपाल कम्युनिस्ट पार्टी निकट अखिल क्रान्तिकारीका कैलाली जिल्ला सह–संयोजक साउदलाई प्रहरीले सोमबार धनगढी बजारबाट गिरफ्तार गरेको हो । संगठनका संयोजक बबरजंग सिंहले मंगलबार एक विज्ञप्ति जारी गरेर संगठनको जिल्ला सम्मेलनको तयारीकै क्रममा साउदलाई प्रहरीले विना कारण गिरफ्तार गरेको बताएका छन् ।

“२० जिल्ला सम्मेलनको तयारीमा जुटिरहेको बेला दलाल सरकारले असार २५ गते साँझ धनगढी बजारमा हिँडिरहेको अवस्थामा संगठनका २० औँं जिल्ला सम्मेलन आयोजक समितिका सह–संयोजक कमरेड रमेश साउँदलाई विना कारण गरिफ्तार गरिएकोप्रति गम्भीर आपत्ति जनाउँदै रिहाईको माग गर्दछौँँ” संयोजक सिंहले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

संयोजक सिंहले विज्ञप्तिमा रिहा नगरे संघर्षका कार्यक्रम घोषणा गर्न बाध्य हुने चेतावनी दिएका छन् ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]