Dabali News

नयाँ तलब निर्धारण ‘मजदूरमारा’ भएको भन्दै विप्लव-वैद्यकासहित चार संगठनले गरे यस्तो निर्णय

२६ असार

काठमाडौं । सरकारले तोकेको मजदूरको न्यूनतम पारिश्रमिक र दैनिक ज्यालाप्रति मजदूरहरुले नै असन्तुष्टि जनाएका छन् । उनीहरुले सरकारले तोकेको पारिश्रमिक निकै कम भएको भन्दै आपत्ति जनाएका हुन् ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले हालै सार्वजानिक गरेको मजदुरहरुको न्युनतम पारिश्रमिक र दैनिक ज्याला निर्धारणप्रति चारवटा मजदुर संगठनहरुले एक संयुक्त प्रेस विज्ञप्ति जारी गरेर विरोध गरेका छन् । नेपाल कम्युनिस्ट पार्टी निकट नेपाल क्रान्तिकारी ट्रेड यूनियन महासंघका अध्यक्ष अमर झाक्री, क्रान्तिकारी माओवादी निकट अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघका अध्यक्ष ईश्वर तिमिल्सिना, नेकपा (माओवादी केन्द्र) निकट क्रान्तिकारी ट्रेड युनियन महासंघ नेपालका अध्यक्ष राजन तिमल्सिना र नेकपा (माले) निकट प्रगतिशील नेपाल स्वतन्त्र ट्रेड युनियन महासंघका अध्यक्ष केदार गिरीले संयुक्त विज्ञप्ति जारी गरेर निर्धारण गरिएको पारिश्रमिक मजदूरमारा भएको भन्दै सडक संघर्षमा उत्रिने चेतावनी दिएका छन् ।

विज्ञप्तिमा वामको बहुमतको सरकार गठन भएको र मजदुरहरुको भलाई र हितलाई सर्वोपरि राखिने भनी अपेक्षा गरिएको बेला मजदुरविरोधी तलवमान कायम गरिएको भन्दै विरोध गरिइएको छ । उनीहरुले सरकार पक्षीय सिण्डिकेटधारी ट्रेड यूनियनको सहमतिमा बजार मल्य, महंगी, श्रमिकको जीवनस्तर, अन्तर्राष्ट्रिय मापदण्ड र छिमेकी देशको तलब भत्ताको ख्यान नगरी एकलौटी ढंगबाट पारिश्रमिक तोकिएको उल्लेख छ ।

“कम्युनिष्ट नामधारी पुजीवादी सरकारले गठन गरेको सो समितिमा सरकारपक्षीय सिण्डीकेटधारी पुजीपतिका कठ्पुतली ट्रेड युनियनहरुको मात्र प्रतिनिधित्व र प्रभावमा परी अन्य श्रमिकपक्षीय ट्रेड युनियनको प्रतिनिधित्व नगराई गरिएको निर्णय श्रमिकविरोधी रहेको छ । सरकारले दलाल पुजीपतिवर्ग र उनीहरुका कठ्पुतली ट्रेड युनियनको सहमतिमा प्रचलित बजार मूल्य, महंगी, श्रमिकको जीवनस्तर, अन्तर्राष्ट्रिय श्रम मापदण्ड, छिमेकी देशहरुको वेतनको अवस्था, नेपाल सरकारको सरकारी तथा निजामती कर्मचारीको तलव भत्ताको समेत ख्याल नगरी उनीहरुकै दवावमा निर्णय गर्नु खेदपूर्ण छ” संयुक्त विज्ञप्तिमा भनिएको छ ।

साजवाद उन्मुख भनिएको सरकारले श्रमिकहरुको गाँस, बास, स्वास्थ्य, शिक्षाजस्ता आधारभूत आवश्यकता पूरा गर्न माग गर्दै नयाँ वेतन निर्धारण गर्न माग गरिएको छ ।

“देशमा कम्युनिस्ट नामधारी समाजवाद उन्मुख भनिएको सरकारलाई श्रमिकहरुको गास, बास, स्वस्थ्य र शिक्षा जस्ता आधारभूत आवश्यकताहरु पूरा गर्न आग्रह गर्दछौं । यसका साथै सरकार, रोजगारदाता र अन्य सरोकारवाला संघसंस्थाहरुलाई आफ्ना कमजोरी सच्याई सबै श्रमिकपक्षीय ट्रेड युनियनको सर्वपक्षीय सहमतिबाट नयाँ वेतन निर्धारण गर्न अपील गर्दछौ । श्रमिकहरुको मौलिक अधिकारको समेत ख्याल गर्दै नयाँ मापदण्डका आधारमा वेतन निर्धारण गर्न जोडदार माग गर्दछौं” विज्ञप्तिमा उल्लेख छ । मजदूर संगठनहरुले आफ्ना मागहरुको बेवास्ता गरी निर्णय कार्यान्वयन भए राष्ट्रव्यपी संघर्षका कार्यक्रम अगाडि बढाउन बाध्य हुने चेतावनी पनि दिएका छन् ।

  • फाइल फोटो
Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]