आज :

अनसन तोड्‍न शिक्षामन्त्रीको डा.केसीलाई आग्रह 

काठमाडौं । अनसनरत डा. गोविन्द केसीलाई अनसन फिर्ता लिन सरकारले आग्रह गरेको छ । सोमबार विहान मन्त्रालयमा पत्रकार सम्मेलनको आयोजना गरी शिक्षामन्त्री पोखरेलले त्यस्तो आग्रह गरेका हुन् ।

चिकित्सा शिक्षा सुधारको माग राख्दै डा.केसी अनसन बसेको छैटौं दिनमा आयोजित पत्रकार सम्मेलनमा मुख्य मागहरु सम्बोधन भइरहेको बताउँदै डा. केसीलाई अनसन तोड्‍न मन्त्री पोखरेलले केसीलाई आग्रह गरे । उनले चिकित्सा शिक्षा ऐन कार्यान्वयनमा सहयोग गर्नुपर्ने समेत धारणा राखे ।

मन्त्री पोखरेलले देश कालापानीको बहसमा रहेको बताउँदै भने, ‘डा. केसीलाई के अनुरोध गर्न चाहन्छौं भने सिंगो देश कालापानीको विषयमा एकतावद्ध ढंगले अगाडि बढिरहेको बेलामा डा. साबले अनशनको बाटो लिने होइन ।’

यसअघि आइतबार नै डा.केसीलाई अनसन तोड्‍न प्रहरीले दवाव दिएको थियो । डा.केसीको स्वास्थ्य अवस्था कमजोर  बन्दै गएपछि अस्पताल भर्ना गरिएको थियो । त्यहाँ उपचार हुन नसक्ने भन्दै चिकित‍

चिकित्सा शिक्षा सुधारको माग राख्दै आएका केसी ६ दिनअघि डडेल्धुरा पुगेर अनशन बसेका छन् । केसीको स्वास्थ्य जटिल बन्दै गए पनि सरकारले माग सम्बोधनमा पहल नगरेको भन्दै डाक्टर केसीका समर्थकले प्रदर्शन गरेका छन् ।

प्रहरीले डा. गोविन्द केसीलाई अनशनस्थल सार्न दबाब दिएको छ। तर, समर्थकले नसार्न आग्रह गरेपछि केसी उपचाररत डडेल्धुरा अस्पतालमा तनाव भएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal