Dabali News

मकवानपुर जिल्लावासीका लागि शिवम् सिमेन्टले सेयर जारी गर्ने

२६ असार

काठमाडौं । शिवम् सिमेन्ट लिमिटेडले मकवानपुर जिल्लावासीका लागि ८ लाख ८० हजार कित्ता सेयर जारी गर्ने भएको छ ।

नेपाल धितोपत्र बोर्डको अनुमतिपश्चात कुल निष्कासनको २ प्रतिशतको दरले ८ लाख ८० हजार इकाई सेयर परियोजना प्रभावित स्थानीयका लागि ३ सय रुपैयाँका दरले जारी गर्न लागेको हो ।

कम्पनीले ४४ लाख कित्ता सर्वसाधारणका लागि ४ सय रुपैयाँमा बिक्री गर्ने छ । नेपाल धितोपत्र बोर्डले पुँजी बजारमा वास्तविक क्षेत्रका कम्पनीलाई प्रवेश गराउन जारी पुँजीको न्यूनतम १० प्रतिशत मात्र सार्वजनिक निष्कासन गरे पुग्ने र प्रिमियम मूल्यमा सार्वजनिक निष्कासन गर्न सकिने सहुलियतपूर्ण व्यवस्था गरेपछि शिवम्ले आईपीओ जारी गर्न लागेको हो ।

कम्पनीले प्रिमियमसहित कुल २ अर्ब २ करोड ४० लाख रुपैयाँ बराबरको आईपीओ जारी गर्ने छ । जसमध्ये सर्वसाधारणलाई १ अर्ब ७६ करोड तथा परियोजना प्रभावित स्थानीयका लागि २६ करोड ४० लाख रुपैयाँको आईपीओ बिक्री गर्ने छ ।

क्रेडिट रेटिङ गर्ने संस्था इक्रा नेपाल लिमिटेडले कम्पनीको सेयरलाई क्रेडिट रेटिङ ग्रेड थ्री प्लस प्रदान गरेको छ । सरकारले गत वर्ष बजेटको माध्यमबाट उत्पादनमूलक उद्योगका लागि १५ प्रतिशत आयकर छुट प्रदान गर्ने निर्णय गरेको थियो ।

कम्पनीको सञ्चालक समिति अध्यक्ष सुरेन्द्रकुमार गोयल छन् भने अन्य सञ्चालकहरूमा अमित मोर, सन्दीप कुमार शारदा, रघु नन्दन मारु र रोहित गुप्ता रहेका छन् ।

विभिन्न व्यावसायिक घराना गरी कुल २० जना व्यक्तिगत प्रमोटर रहेको यस कम्पनीको कारखाना मकवानपुर जिल्लाको हेटौंडा उपमहानगरपालिका हटियामा छ । कम्पनीद्वारा प्रकाशित वित्तीय विवरणअनुसार कम्पनीको दैनिक १९ सय टन क्लिंकर र ३ हजार टन सिमेन्ट ग्राइन्डिङ गर्न सक्ने क्षमता छ ।

सहायक कम्पनी शिवम् होल्डिङको ८८ प्रतिशत सेयर लगानी रहेको छ । शिवम् होल्डिङ र चीनको होङ्सी होल्डिङ समूहले नवलपरासीको सर्दीमा स्थापना गर्न लागेको होङ्सी शिवम् सिमेन्टमा शिवम् होल्डिङमार्फत नेपाली समूहको ३० प्रतिशत र होङ्सी होल्डिङको ७० प्रतिशत लगानी रहेको छ ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]