Dabali News

दुर्घटनामा ३ जनाको मृत्यु

२६ असार

काठमाडौं । झापाको झिलझिले सडकखण्डमा मोटरसाइकलको ठक्करबाट भारत घर भई समिर ग्यारेजमा काम गर्ने १९ वर्षिय महमद सहनीको मृत्यु भएको छ ।

सोमबार राति पैदल हिँडिरहेका उनलाई मे ५ प ६८०९ नम्बरको मोटरसाइकलले ठक्कर दिएको थियो । ठक्करबाट गम्भीर घाइते भएका उनको बिर्तामोडस्थित विएण्डसी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

त्यसै गरी बाह्रदशी गाउँपालिका–६ निवासी ४० वर्षिय सेन्कुवा राजवंशीले चलाएको मोटरसाइकल अनियन्त्रित भई पल्टिँदा उनको मृत्यु भएको छ ।

बिर्तामोडबाट घर जाँदै गरेका राजवंशीले चलाएको को २९ प ४४६९ नं.को मोटरसाइकल अनियन्त्रित भई पल्टिँदा गम्भीर घाइते भएका राजवंशीको पनि उपचारकै क्रममा बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा मृत्यु भएको हो । यसैगरी दमकस्थित जनज्योति निमाविको ढोका भत्किँदा एक बालकको मृत्यु भएको छ ।

प्रहरीका अनुसार विद्यालयको परिसरमा खेल्दै गरेका इलाम, चुलाचली गाउँपालिका-३ निवासी १० वर्षिय रिजन लिम्बूको ढोकाले थिचेर मृत्यु भएको बताइएको छ ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]