Dabali News

थप बालकलाई गुफाबाट निकाल्न सुरु, गोताखोर गुफामा पसे

२६ असार

काठमाडौं । थाइल्यान्डको एउटा गुफाबाट थप बालकलाई बाहिर निकाल्न सुरु गरिएको छ । उद्दारकर्ताहरुले अहिलेसम्म ८ बालकलाई सकुशल उद्दार गरिसकेका छन् ।

अब गुफामा ४ बालक र तिनका फुटबल प्रशिकतसहित पाँच जना मात्रै छन् । उनीहरुको उद्दार गर्न गोताखोरहरु गुफामा पसेको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले बताएका छन् । फेरि वर्षा भएका कारण उद्दार कार्य थप चुनौतीपूर्ण र जटिल बनेको छ । तर, उद्दारकर्ताले कामलाई जारी राखेका छन् ।

उद्दार गरिएका बालकहरुलाई अस्पताल भर्ना गरिएको छ । स्वास्थ्य अवस्था ठिक भएपनि परिवारका सदस्यहरुलाई भेट्न भने दिइएको छैन । गुफाबाट निकालिएकाहरुलाई हेलिकोप्टरमार्फत् चियाङराई सहरस्थित अस्पतालमा भर्ना गरिएको हो । उनीहरुको परिचय गोप्य राखिएको छ ।

थाइल्यान्डका ४० जनासहित विभिन्न देशका ९० जना उद्दारकर्ता सक्रियसाथ काम गरिरहेका छन् ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]