Dabali News

प्रभु बैंकको मनाङ र मुस्ताङमा नयाँ शाखा सञ्चालन

२५ असार

काठमाडौं । प्रभु बैंकले मनाङ र मुस्ताङ जिल्लाको विभिन्न स्थानमा शाखा कार्यालय संचालन गरेको छ । शाखाबाट दैनिक कारोबारलगायत कार्य गर्ने जनाएको छ ।

सोमबारबाट संचालनमा ल्याइएको शाखाहरु मुस्ताङको थासाङ गाउँपालिका–२ स्थित कोबाङको थासाङमाा शाखा संचालन गरेको छ । शाखाको उद्घाटन थासाङ गाउँपालिका अध्यक्ष बुद्धिप्रसाद शेरचनले गरे ।

त्यसैगरी मनाङका नाशोङ गाउँपालिका– ३ धारापानी मानाशोङमा दैनिक बैंकिङ कारोबार गर्न शाखा कार्यालय आजैबाट सञ्चालनमा ल्याएको छ । यो शाखाको शुभाराम्भ नाशोङ गाउँपालिका अध्यक्ष चन्द्र घलेले एक विशेष कार्यक्रमबीच गरेका हुन् ।

उद्घाटन कार्यक्रममा मुस्ताङ र मनाङका सरकारी कार्यालय, राजननीतिक दलका प्रतिनिधि, जिल्लाका उद्योगी, विभिन्न संघ संस्थाका प्रतिनिधि, स्थानीयव्यापारी, बुद्धिजिवी लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा ठूलो संख्यामा सर्वसाधारणको उपस्थिति रहेको थियो ।

शाखा कार्यालयबाट स्थानीय तहका सेवाग्राहीहरु गुणस्तरीय र सहज रुपमा सेवा पुर्याउने विश्वास बैंकले लिएको छ । साथै गाउँपालिकाको समग्र आर्थिक विकासमा टेवा पुग्ने बैंकले अाज जारी प्रेस विज्ञप्तिमा जनाइएको छ ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]