Dabali News

उल्टा चस्माका कलाकार आजादको निधन

२५ असार

काठमाडौं । भारतीय चर्चित टेलिभिजन शो तारक मेहताका उल्टा चस्मामा हंसराज हात्तीको भुमिका निर्वाह गर्ने कलाकार कवि कुमार आजादको सोमबार निधन भएको छ ।

आज आजादको हृदयघातका कारण वकहार्ड अस्पताल मुम्बईमा उपचारको क्रममा निधन भएको हो । उनी विगत लामो समयदेखी तारक मेहताका उल्टा चस्मामा कलाकारको भूमिका निभाइरहेका थिए ।

हाँस्यकलाकार बन्ने सिलसिलामा विहारबाट मुम्बई पसेका आजादले भारतीय चलचित्र मेला र फन्टुसमासमेत अभिनय गरेका छन् । आजादको निधनले भारतीय कला क्षेत्रमा अपुरणीय क्षती पुगेको कलाकार तथा उनका प्रशंसहरुले बताएका छन् ।

उल्टा चस्मा शोका निर्माता असित कुमार मोदीले आजाद इमान्दार र लगनशील कलाकार भएको बताउदै उनको निधनले आफूलाई दुखित बनाएको बताएका छन् । आज विहान मात्रै फोनमा आजादले आफुलाई सञ्चो नभएकोले शो मा आउन नसक्ने बताएको भन्दै निर्माता मोदीले एकछिनपछि नै उनको मृत्युको खबर सुन्नु पर्दा आफुले विश्वास नै गर्न नसकेको बताए ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]